
एक समयका सुपरस्टार निखिल उप्रेतीसँग जोडी बाँधेर पनि सफलताबाट ‘विमुख’ हुनु परेकी अभिनेत्री हुन्, सारा सिरपाली । उनले डेब्यू फिल्म ‘रुद्र’ र दोस्रो फिल्म ‘पिंजडा ब्याक अगेन’ मा निखिलसँग रोमान्स गरेकी थिइन् । तर, दुबै फिल्मले बक्सअफिसमा घुँडा टेके । यद्यपि, उनको अभिनय भने दर्शक र समीक्षकले रुचाएका थिए । साथै, सुन्दरताको पनि तारिफ भएको थियो ।

आइतबार जापानमा भएको ‘सूर्य इन्टरनेशल अवार्ड’ मा फिल्म ‘क्याप्टेन’ बाट पपुलर अभिनेताको अवार्ड जितेका अनमोल केसी र फिल्म ‘गोपी’ बाट सह-अभिनेत्रीको अवार्ड हात पारेकी अभिनेत्री वर्षा राउत अमेरिका पुगेका छन् । उनीहरु जापानबाट सिधै अमेरिका उडेका हुन् । नोभेम्बेर ३० तारिखमा हुन लागेको ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनीहरु अमेरिका पुगेका हुन् ।

बलिउड इन्डस्ट्रीमा फिल्म हिट र फ्लप हुनुमा कलाकारको हात हुँदैन । तर, सही फिल्म चयन गर्न सक्नु एक राम्रो कलाकारको खुबी हो । बलिउडमा कयौं अभिनेत्री यस्ता छन्, जसले हिट अभिनेतासँग काम गरेर मात्र सफलता पाएका छन् । आज यो प्याकेजमा यस्तै एक अभिनेत्रीको चर्चा गरिँदैछ । जसले बलिउडका ठूला स्टारसँग काम गरेर केही हिट फिल्म दिएकी छन् ।


अभिनेता सौगात मल्ल र अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा सर्वविदितै छ । गएको दुई वर्षदेखि उनीहरु एकअर्काको प्रेममा रमाइरहेका छन् । प्रेम सम्बन्धको खुलासा भएपछि यी दुईले पहिलो पटक फिल्म ‘मासु भात’ मा काम गरे । यो फिल्म अझैसम्म रिलिज भएको छैन । यसपछि उनीहरुले अभिनय गरेको फिल्म हो, ‘पोइ पर्यो काले’ ।

नेपाली फिल्मकी ‘कान्छी’ नम्रता श्रेष्ठले फिल्म ‘गाँठो’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । यसमा उनको अपोजिटमा अभिनेता नाजिर हुसेन थिए । डेब्यू फिल्ममा नै सोलो अभिनेत्रीको रुपमा काम गर्न पाउँदा उनी दंग थिइन् । फिल्म हिट भए आफू दर्शकमाझ ‘नोटिस’ हुने उनको विश्वास थियो । तर, फिल्मले हलमा सिन्को भाँचेन । न त उनको अभिनय कलाकै प्रशंसा भयो ।

