Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8995 - 9000 of 24024
फिल्मीखबर, काठमाडौं, 2019-11-29, शुक्रवार

गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार पूरै सुस्ताएको छ । आशा गरिएका फिल्मले समेत बक्सअफिसमा आफ्नो जादू देखाउन सकेका छैनन् । जसले गर्दा फेरि एकपटक नेपाली निर्माता फिल्म निर्माण र प्रदर्शन गर्न तर्सिन थालेका छन् । चिसो मौसमलाई कारण नेपाली फिल्मले गतिलो व्यापार गर्न नसकेको कतिपयको विश्लेषण छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-28, बिहिवार

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंमा आधारित भएर निर्माण भएको फिल्म ‘नालापानी’ को हालै एक विशेष प्रदर्शनी भएको छ । नेपाली सेनाको मुख्यालयमा भएको प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले फिल्म हेरेका छन् ।

एजेन्सी, मुम्बई, 2019-11-28, बिहिवार

अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्‌ढा’ मा साउथका सुपरस्टार विजय सेतुपतिको इन्ट्री भएको छ । उनले एक अन्तर्वार्तामा यो कुराको कन्फर्म गरेका हुन् । केही दिन अगाडि इन्डियन फिल्म फेस्टिवल अफ मेलबर्न (आईएफएफएम) मा उनले यो फिल्ममा काम गर्न लागेको जानकारी दिएका थिए । ‘लाल सिंह चड्‌ढा’ को छायांकन अहिले पञ्जाबमा भैरहेको छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-28, बिहिवार

‘एक्सन स्टार’ विराज भट्टको डेब्यू निर्देशनमा बनेको फिल्म ‘साङ्लो’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘चरीले काफल’ बोलको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । भने, उनलाई गायनमा मिलन नेवारले साथ दिएकी छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा विराजसँग पूर्व मिस नेपाल निकिता चाण्डकले ठुम्का लगाएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2019-11-28, बिहिवार

नेपाली फिल्मको कथा भन्ने शैली नै परिवर्तन गरेको फिल्म ‘लुट’ मा निर्वाहा गरेको ‘हाकु काले’ को चरित्रले अभिनेता सौगात मल्लको भाग्य नै बदल्यो । नेपाली फिल्ममा ‘हिरो’ को पुरानो मानक भत्काउँदै जस्तजस्ती प्रवेश गरेका उनलाई हरेक भूमिकामा जीवन्त अभिनय गर्ने अभिनेताको रुपमा चिनिन्छ । ‘लुट’ पछि उनले केही फिल्ममा फरक-फरक भूमिका निभाए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-28, बिहिवार

गएको शुक्रबारबाट प्रदर्शनमा आएको साम्तेन भुटिया निर्देशित फिल्म ‘च च हुई’ यस वर्षको सबैभन्दा ठूलो डिजास्टर साबित भएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगर स्टारर यस फिल्मको ‘वर्ड अफ माउथ’ कमजोर हुँदा दर्शकले हलसम्म पुग्ने जाँगर चलाएका छैनन् । प्रदर्शनको दिनदेखि नै फिल्मको प्रायः बिहानी शो दर्शक अभावका कारण रद्द भएका छन् । 

Results : 8995 - 9000 of 24024
Most Visited News (monthly)