Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पखाईमा ‘कालोपोथी’ निर्देशकको ‘चिसो वर्ष’

फिल्मीखबर, काठमाण्डौ, 2020/01/23
 
गएको तीन वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कालोपोथी’ ले बक्सअफिसमा सफलताको झन्डा गाँड्न नसके पनि समीक्षात्मक रुपमा भने अब्बल ठहरिएको थियो । विभिन्न फेस्टिभलहरुमा उत्कृष्ट घोषित भएको फिल्ममा अभिनय गरेका दुई बाल कलाकार खड्काराज नेपाली र सुकराज रोकायाको अभिनय र निर्देशक मिन बहादुर भामको निर्देशकीय क्षमताको प्रशंसा भएको थियो । 
 
यो फिल्मपछि निर्देशक मिनको नयाँ फिल्मको व्यग्रतापूर्वक प्रतिक्षा भैरहेको छ । तर, तीन वर्षसम्म पनि उनले नयाँ फिल्मको छायांकन सुरु गरेका छैनन् । गएको दुई वर्षअघि उनले बहुपति प्रथामा फिल्म ‘चिसो वर्ष’ बनाउने घोषणा गरेका थिए । तर, स्क्रिप्ट तयार नभएका कारण उनले फिल्मको छायांकन गर्न सकेका छैनन् । अर्को वर्षबाट फिल्मको छायांकन हुने जानकारी प्राप्त छ । 
 
एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । हिमाली क्षेत्रमा रहि आएको बहुपति प्रथाको यथार्थलाई चित्रण गर्ने फिल्मको डोल्पा, मनाङ र मुस्ताङमा छायांकन गर्ने निर्देशक भामले जानकारी दिएका छन् । उनका अनुसार, फिल्मको छायांकन २०२२ भित्र सकिनेछ । फिल्मका लागि कलाकार छनोट गरिएको छैन । 
 
ठूलो लागतमा बन्ने फिल्म ‘चिसो वर्ष’ विभिन्न फेस्टिभलमा प्रदर्शन भएपछि मात्र हलमा लाग्नेछ । ‘कालोपोथी’ पनि निर्देशक भामले विभिन्न फेस्टिभलमा देखाएपछि हलमा प्रदर्शन गरेका थिए । ‘चिसो वर्ष’ लाई हलमा हेर्नका लागि अझै ३ देखि ४ वर्ष कुर्नुपर्ने देखिन्छ । फरक धारका फिल्म बनाउन रुचाउने निर्देशक मिनको यो फिल्मको निर्माण अगावैदेखि दर्शकमा प्रतिक्षा भैरहेको छ ।
Most Visited News (monthly)