Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘स्ट्रिट डान्सर’ मा सुशान्तको अभिनय, फिल्म हेर्न वरुण र श्रद्धाको आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2020/01/23
 
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको भारतका चर्चित कोरियोग्राफर रेमो डिशुजा निर्देशित फिल्म ‘स्ट्रिट डान्सर’ थ्रीडिमा नेपाली मुलका चर्चित डान्सर सुशान्त खत्रीको पनि अभिनय रहेको छ । ट्रेलर र गीतसंगीतमा स्थान नपाएका उनको फिल्ममा भने अभिनय रहेको नेपाली दर्शकलाई सम्बोधन गर्दै जारी गरिएको एक भिडियोमा भारतीय अभिनेता वरुण धवनले बताएका छन् । 
 
भिडियो सन्देशमा अभिनेता वरुणले ‘स्ट्रिट डान्सर’ मा नेपालको सुशान्तको अभिनय रहेको बताउँदै फिल्म हेर्न आग्रह गरेका छन् । उनीसँगै अभिनेत्री श्रद्धा कपूरले पनि नेपाली दर्शकलाई फिल्म हेर्न आग्रह गरेकी छन् । अभिनेता वरुणले सुशान्तको तारिफ गर्दै भनेका छन्, ‘हाम्रो फिल्ममा नेपालका निकै राम्रो डान्सर छन्, जसको नाम सुशान्त खत्री हो । उनी निकै हाइलाइट डान्सर हुन् ।’ 
 
सन् २०१६ मा भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘डान्स प्लस सिजन २’ मा अन्तिम चार प्रतिष्पर्धीमा पर्न सफल सुशान्तले अभिनय गरेको पहिलो बलिउड फिल्म हो, ‘स्ट्रिट डान्सर’ । यसमा उनको पनि अभिनय रहेको खुलेपछि नेपाली दर्शकमा फिल्मप्रति अझ कौतुहलता बढेको छ । फिल्ममा प्रभु देवा, अपार शक्ति खुराना, नोरा फतेहीलगायतको पनि अभिनय छ । 
 
 
नेपालभन्दा धेरै भारतमा बस्ने सुशान्तले नेपाल आउँदा भने म्यूजिक भिडियोमा काम गर्ने गरेका छन् । उनले नृत्य गरेका ‘सानु माया’, ‘नीरमाया’, ‘पिच रोड’, ‘ठूली ठूली’, ‘मंगली’ लगायतका गीत यूट्युबमा निकै चर्चित छन् । अरुभन्दा भिन्न शैलीमा नृत्य गर्ने उनको अब अभिनय हेर्न दर्शक आतुर छन् । उनकै कारण ‘स्ट्रिट डान्सर’ ले नेपालमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ । 

 

Most Visited News (monthly)