Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 9025 - 9030 of 23761
फिल्मीखबर, काठमाण्डौ, 2019-09-17, मंगलवार

गएको साउन अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर रिलिज कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले एक बयान दिइन्, ‘२० लाख पारिश्रमिक लिएपछि ५० लाखको दर्शक हलमा तान्न सक्नुपर्छ ।’ यो अभिव्यक्ति उनीमाथि निकै भारी पर्‍यो । उनले अभिनेत्री पूजा शर्मालाई लक्षित गरेर उक्त बयान दिएको भन्दै ठूलै हल्लाखल्ला भयो । एक फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको खबर बाहिरिएकै समयमा स्वस्तिमाले यो अभिव्यक्ति दिएकी थिइन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-09-17, मंगलवार

हास्यटेलिसिरियल ‘मेरी बाँस्सै’ मा ‘तक्मे बुढा’ को भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका कलाकार विल्सन विक्रम राईको पछिल्लो समय फिल्ममा व्यस्तता बढ्दो छ । फिल्ममा उनी भएपछि हलमा दर्शक बाँध्न गाह्रो नहुने सोचाइ मेकरमा व्याप्त छ । पर्फेक्ट कमिक टाइमिङले दर्शकलाई हँसाउन सिपालु उनको नयाँ फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । 

फिल्मीखबर, काठमाडौं, 2019-09-17, मंगलवार

गएको दुई वर्ष अगाडि प्रदर्शनमा आएको नारी संवेदनामाथि फिल्म बनाउन सिपालु मानिने नवल नेपाल निर्देशित फिल्म ‘मंगलम’ बाट अभिनेता पुष्प खड्का लाइमलाइटमा आए । यसमा उनले निर्वाहा गरेको भूमिका र अभिनयको सर्वत्र प्रशंसा भएको थियो । अभिनयको हिसाबले ‘मंगलम’ उनको तेस्रो फिल्म थियो । तर, उनको करिअरका लागि यो फिल्म कोशेढुंगा सावित भएको थियो ।  

फिल्मीखबर, काठमाडौं, 2019-09-16, सोमवार
निर्देशक हेमराज विसी निर्देशित फिल्म ‘घामड शेरे’को पोस्टर रिलीज भएको छ । यो फिल्ममा रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् तर सोमबार रिलीज पोस्टरमा भने निश्चल मात्र देखिएका छन् ।
फिल्मीखबर, काठमाडौं, 2019-09-16, सोमवार
फिल्मका बिभिन्न बिषयमा अध्यापन गराउन नयाँ क्याम्पस शुरु भएको छ । काठमाण्डौको मध्यबानेश्वरमा त्रिभुवन विश्व विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2019-09-16, सोमवार

असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको रामबाबु गुरुङ निर्देशत फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को तेस्रो गीत ‘माया पिरती’ सार्वजनिक भएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड रोमान्टिक गीतमा अहिलेका लोकप्रिय गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको गायन, संगीत र शब्द छ । 

Results : 9025 - 9030 of 23761
Most Visited News (monthly)