Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 4.83/5.00)
Text size:-
+
-

पलसँग काम गर्न लालायित थिएँ : दयाहाङ

फिल्मीखबर, काठमाण्डौ, 2020/01/27
 
निर्देशक दीपेन्द्र लामा आफ्नो नयाँ फिल्म ‘२ नम्बरी’ मा अघिल्लो पुस्तालाई प्रतिनिधित्व गर्ने दयाहाङ राई र नयाँ पुस्ताका अभिनेता पल शाहसँग काम गर्दैछन् । करिअरको सुरुवाती दिनदेखि नै फरक-फरक जनराका फिल्म गर्दै आएका यी दुई अभिनेता यो फिल्ममा साथीको भूमिकामा देखिँदैछन् । फिल्मको मूलकथा नै उनीहरुको वरिपरि घुम्ने निर्देशक लामाले बताएका छन् । 
 
कमेडी जनरामा निर्माण हुने ‘२ नम्बरी’ को सोमवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । माघ अन्तिम साताबाट छायांकन सुरु भएर आउँदो वर्षको जनै पूर्णिमामा प्रदर्शन हुने फिल्ममा अभिनेत्री वर्षा राउत र बुद्धि तामाङको पनि अभिनय रहनेछ । पहिलो पटक स्क्रिन साझेदार गर्न लागेका पल र दयाहाङले एकअर्कासँग काम गर्न निकै उत्साहित रहेको बताए । 
 
अभिनेता दयाहाङले पलसँग काम गर्नका लागि आफू पहिल्यैदेखि नै लालायित रहेको बताए । उनले फिल्मको घोषणा सभामा भने- ‘पलसँग मेरो पहिलो अनुभव हुँदैछ, ‘२ नम्बरी’ को सेटमा । ऊसँग काम गर्न अहिलेका धेरै कलाकारहरुमा लोभ हुन्छ । म पनि पलसँग काम गर्नका लागि लालायित थिएँ ।’ उनले पललाई इनरजेटिक र क्रियटिभ एक्टर भन्दै प्रशंसा समेत गरे ।
 
पल भने दयाहाङसँग काम गर्ने अवसर पाएकोमा आफूलाई लक्की ठान्छन् । उनी दयाहाङबाट आफूले धेरै कुरा सिक्न पाउनेमा आशावादी देखिए । उनले भने, ‘दयाहाङ (राई) दाई सँग काम गर्न पाउनु भनेको मेरो लागि सौभाग्यको कुरा हो । उहाँबाट मैले धेरै कुरा सिक्न पाउछु भन्ने लागेको छ ।’ पहिलो पटक यी दुई अभिनेतालाई पर्दामा हेर्न दर्शकलाई निकै रोचक हुने देखिन्छ । 
Most Visited News (monthly)