Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राम्रो फिल्म कुर्दा मिडियाले दबाब दिन्छ : वर्षा

फिल्मीखबर, काठमाडौं, 2020/01/28
पूर्वीय समाजमा विवाहपछि एक प्रकारले जीवन नै सिद्धिन्छ भन्ने मान्यता छ । पारिवारिक जीवनमा बाँधिएपछि पहिलेको स्वतन्त्रता र रहरलाई जिम्मेवारीले थिच्ने तर्क दिँदै त्यस्तो भनिएको पाइन्छ । त्यसमा पनि महिलाका लागि विवाहलाई करिअरकै समाप्तिको रुपमा समेत परिभाषित गरिन्छ । झन् फिल्म क्षेत्रमा त विवाहित अभिनेत्रीको फ्यान फलोइङ घट्ने र हात खाली हुने बताइन्छ । 
 
 
नेपाली फिल्मका अभिनेत्रीकै कुरा गर्ने हो भने प्रायः विवाहपछि काम विहीन हुनु परेको छ । कति त पलायन समेत भैसकेका छन् । केहीले भने विवाहपछि करिअर सकिन्छ भन्ने मान्यतालाई ताड्दै उदाहरणको पात्र बनेका छन् । यसमा अभिनेत्री वर्षा राउत पर्छिन् । आउँदो फागुनमा उनले अभिनेता तथा व्यवसायी संयोग कोइरालासँग लगनगाँठो कसेको १ वर्ष पूरा भएर २ वर्ष लाग्दैछ । 
 
अभिनेत्री वर्षा वैबाहिक जीवनमा बाँधिँदै गर्दा कतिपयले अब उनको फिल्मी करिअर संकटमा पर्ने विश्लेषण गरेका थिए । तर, विवाहपछि न उनको करिअरको गति सुस्तायो न त काम विहीन नै हुनु पर्‍यो । विवाहपछि पनि फिल्ममा सक्रिय रहेकी उनी अहिलेकी राम्रो माग भएकी अभिनेत्रीमध्ये एक हुन् । यस वर्ष उनी अभिनीत फिल्म ‘जात्रै जात्रा’ ले हिटको व्यापार गरेको थियो । 
 
 
तर, यो फिल्मपछि उनले ८ महिनासम्म कुनै फिल्म साइन गरिनन् । जसकारण, उनलाई विवाहपछि मेकरले पत्याउनै छाडेको भन्दै मिडियामा थुप्रै गसिप बने । मिडियामा यस प्रकारका समाचार आउँदा महिला अभिनेत्रीहरुलाई प्रेसर बढ्ने अभिनेत्री वर्षाको भनाई छ । उनले आफूले २ वर्षसम्म महिला प्रधान फिल्म कुरेर बसेको भए पनि त्यसप्रकारको फिल्म अफर नभएको बताइन् ।
 
८ महिनापछि साइन गरेको फिल्म ‘२ नम्बरी’ को सोमवार राजधानीमा आयोजित घोषणा सभामा अभिनेत्री वर्षा राउतले भनिन्, ‘नेपालमा महिला प्रधान फिल्महरु खासै धेरै बन्दैनन् । यस प्रकारका फिल्म चल्नैनन् भन्ने सोचका कारण पनि निर्माताहरु लगानी गर्न तयार हुँदैनन् । मैले पनि २ वर्षसम्म फेमिनिज्म (महिला प्रधान) फिल्म कुरेर बसेको थिएँ । तर, त्यस्तो फिल्म अफरै भएन ।’ 
 
 
२ वर्षसम्म महिला प्रधान फिल्म कुरेर बस्दा मिडियामा आफूलाई फिल्म नै अफर नभएको भन्ने समाचार आउँदा मनोवैज्ञानिक रुपमा दबाब बढेको अभिनेत्री वर्षा बताउँछिन् । उनले फिल्म ‘२ नम्बरी’ मा आफ्नो भूमिका फेमिनिज्म खालको नभए पनि दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरिन् । फिल्ममा उनीसँगै अभिनेता द्वय दयाहाङ राई र पल शाहको पनि प्रमुख भूमिका रहनेछ ।
Most Visited News (monthly)