Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘राधे’ को एक्सन सिनमा यति ठूलो खर्च गरिँदै

एजेन्सी, मुम्बई, 2020/01/28
 
अभिनेता सलमान खानको नयाँ फिल्म ‘राधे : योर मोस्‍ट वान्‍टेड भाई’ को निर्माण घोषणा भैसकेको छ । यसको बज अहिलेदेखि नै बन्न सुरु भएको छ । सलमानले यो फिल्ममा ‘वान्टेड’ भन्दा पनि खतरनाक एक्सन हुने बताएर एक्साइटमेन्ट क्रिएट गरेका छन् । फिल्म यो वर्षको अन्त्यमा रिलिज हुनेछ । भारतीय मिडियाका अनुसार, फिल्मको क्लाइमेक्समा ठूलो रकम खर्च गरिँदैछ । 
 
बम्बे टाइम्सको रिपोर्टका अनुसार, अभिनेता सलमान खानको फिल्म ‘राधे’ को क्लाइमेक्समा हेभी भीएफएक्स टेकनिक प्रयोग गरिनेछ । फिल्मका मेकर्स त्यही टेकनिक अपनाउँदैछन्, जुन ‘बाहुबली’ को दुई सिरिजमा प्रयोग गरिएको थियो । प्राप्त जानकारी अनुसार, फिल्मको २० मिनेटको एक्सन सिक्वेन्समा साढे ७ करोड भारतीय रुपैयाँ खर्च गर्न सलमानले अनुमति दिएका छन् । 
 
‘राधे’ को एक्सन सिक्वेन्समा अभिनेता द्वय सलमान खान र रणदीप हुड्डा भिडन्त गर्दै देखिनेछन् । भारतीय मिडियाका अनुसार, क्रोमामा सुट गर्न यति महँगो पर्छ कि यो ठूलो मेकर्सले मात्र प्रयोग गर्न सक्छन् । यसमा जुन प्रकारको लाइट्सको प्रयोग हुन्छ, त्यो निकै महँगो पर्छ । त्यस्तै, भीएफएक्समा ब्याकग्राउन्डको डिजिटली हटाइन्छ र जुन ब्याकग्राउन्ड आवश्यक पर्छ त्यो राखिन्छ ।
 
‘राधे’ सन् २००९ मा आएको प्रभुदेवा निर्देशित फिल्म ‘वान्डेट’ को सिक्वेल बताइएको छ । फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री दिशा पाटनी देखिँदैछन् । उनीहरुले यसअघि फिल्म ‘भारत’ मा काम गरेका थिए । यो जोडीलाई पुनः पर्दामा हेर्न दर्शक निकै आतुर छन् । फिल्मलाई प्रभुदेवाले निर्देशन गरिरहेका छन् । फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा हुनेछन् । 
Most Visited News (monthly)