
प्रायः निर्माता/निर्देशक कलाकारको भूमिका र लुक्स फिल्म रिलिज अगाडिसम्म बाहिर ल्याउन चाहँदैनन् । यसो गर्दा दर्शकमा फिल्मप्रति कौतुहलता बढ्ने उनीहरुको सोचाइ छ । तर, अभिनेत्री द्वय केकी अधिकारी र आँचल शर्मालाई भने यो कुराको मतलबै छैन । अहिले ‘झिँगेदाउ’ फिल्मको छायांकनमा व्यस्त उनीहरु दिनहुँ आफ्नो लुक्स सामाजिक सञ्जालमा साझेदार गरिरहेका छन् ।

बक्सअफिसका हिट मेशिन भनिने निर्देशक सुदर्शन थापा फिल्मसँगै गीतसंगीत छान्न पनि निकै माहिर मानिन्छन् । उनी निर्देशित फिल्म ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘रामकहानी’, ‘म यस्तो गीत गाउँछु’ मा समावेश गीत अझै पनि जनजिब्रोमा झुण्डिन सफल छन् । वर्षमा एउटा मात्र फिल्म लिएर आउने उनले यस वर्ष फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेल दर्शकमाझ पस्कँदैछन् ।

यस वर्ष सबैभन्दा धेरै अलग-अलग जनराका फिल्म बनेका छन् र दर्शकलाई पनि खुब मन परेको छ । ‘उरी’ देखि ‘एभेन्जर्स इन्डगेम’ सम्म विभिन्न शैलीका फिल्मले यो वर्ष दर्शकलाई खुब मनोरञ्जन दिए । यो प्याकेजमा हामी २०१९ मा गुगलमा सबैभन्दा धेरै खोजिएका फिल्मको बारेमा चर्चा गर्दैछौं । गुगलमा सबैभन्दा धेरै खोजिएको फिल्ममा ‘कबीर सिंह’ पहिलो नम्बरमा छ ।

चर्चित हास्यकलाकार शिवहरी पौडेलले निर्देशनमा डेब्यू गरेको कमेडी फिल्म ‘लक्का जवान’ को रिलिज डेट परिवर्तन भएको छ । यसअघि चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्म अब चैत २१ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने निश्चित भएको छ । वितरकको सल्लाह अनुसार फिल्मको प्रदर्शन मिति हेरफेर गरिएको निर्देशक शिवहरीले जानकारी दिए ।

फिल्म निर्देशन गर्ने निर्देशकहरुलाई यतिबेला चुनावी रौनकले राम्रै छोएको छ । फिल्म निर्देशकहरुको छाता संस्था चलचित्र निर्देशक समाज, नेपालको आउँदो मंसिर २८ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । निर्वाचन मिति दिन-प्रतिदिन नजिकिँदै जाँदा प्रायः एक्सन-कटमा व्यस्त रहने फिल्म निर्देशकहरु अहिले विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यस वर्ष ब्रान्ड फिल्मका सिरिज र टिमका फिल्मले मात्र नाफाको व्यापार गर्न सफल भएका छन् । नयाँ नाममा बनेका फिल्मले हलमा दर्शकलाई आकर्षित गर्न नसकेको अवस्था छैन । बैशाखदेखि मंसिर तेस्रो सातासम्म ५० बढी फिल्म रिलिज भए पनि चार फिल्मले मात्र लगानी उठाए । बाँकी फिल्मले भित्तामा टाँस्नका लागि छापिएको पोस्टरको पैसा समेत उठाउन सकेनन् ।

