Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(6 votes, avg 5.00/5.00)
Text size:-
+
-

सौगात र दीयाको ‘मन्त्र’ टिजर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2020/02/08
 
अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । खिल बहादुर गुरुङ निर्देशित फिल्मको गोरखाको मनास्लु क्षेत्रमा छायांकन भएको हो । त्यहाँको प्राकृतिक सुन्दरता टिजरमार्फत् देखाइएको छ । सौगात र दीयाको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको टिजरबाट अनुमान गर्न सकिन्छ । 
 
निर्माण टिमले मनास्लु क्षेत्रमा छायांकन गरिएको पहिलो फिल्म ‘मन्त्र’ रहेको दाबी गरेको छ । यो फिल्मको नाम छायांकनमा जाँदा ‘बमकाजी’ राखिएको थियो । तर, पछि कथा सुहाउँदो फिल्मको नाम राखिएको निर्देशक गुरुङले बताए ।  फिल्मलाई आउँदो नयाँ वर्ष २०७७ मा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ । तर, कुन दिन प्रदर्शनमा आउनेछ त्यसको भने टुंगो लागेको छैन ।
 
फिल्म ‘मन्त्र’ ले हिमाली क्षेत्रको प्रेम कथा बोल्छ । फिल्ममा बुद्दि तामाङ, नमिता घिसिङ्ग, वीर बहादुर लामालगायतका कलाकारहरुको पनि अभिनय छ । टिजरमा सौगात र दीया हिमाली वेशभूषा र लवजमा देखिएका छन् । टिजरले दर्शकमा फिल्मप्रति कौतुहलता जागृत गर्ने देखिन्छ । निर्देशक गुरुङले फिल्मलाई राम्रो बनाउन कुनै कसर बाँकी नछाडेको बताउँछन् ।
 
मनोज राजभण्डारी निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर, सह-निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन् । साम्तेन भुटियाले लेखेको फिल्ममा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन र मित्र डि. गुरुङको सम्पादन रहेको छ । सौगात र दीयाले यो फिल्मबाट निकै आश गरेका छन् ।
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)