
नेपाली फिल्मका कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटर ह्यान्डलमार्फत् दुई कलाकारप्रति समवेदना व्यक्त गरेका हुन् । उनले कलाकारद्वयको कला सधैं स्मृतिमा रहने बताएका छन् ।


चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आईतबार राती करिब १०:३० बजे काठमाण्डौको चाबहिलस्थित ओम अस्पताल पुर्याउदा उनको निधन भईसकेको अस्पताल श्रोतले बताएको छ ।

आउँदो फागुन २ गते अभिनेत्री वर्षा राउत बैबाहिक जीवनमा बाँधिएको एक वर्ष पूरा हुँदैछ । अभिनेता संजोग कोइरालासँग ७ वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । विवाहपछि प्रायः अभिनेत्रीहरु काँचको पर्दाबाट टाढा हुन्छन् । वर्षा भने अहिले पनि फिल्ममै सक्रिय छिन् । विवाहपछि उनी अभिनीत दुई फिल्म ‘दाल भात तरकारी’ र ‘जात्रै जात्रा’ रिलिज भए ।

मंसिर २७ गतेबाट पोस्टपोन्ड भएर माघ ३ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘१२ सत्ताइस’ को शिर्ष गीत सार्वजनिक भएको छ । दीपक आरजेको स्वर तथा संगीत रहेको गीतमा चर्चित र्यापर गिरिश खतिवडाको र्याप छ । प्रकाश मल्लले गीत लेखेका हुन् । दीपक र गिरिशसँगै गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु सबै फिचर्ड छन् ।

दुई दर्जन फ्लप फिल्मपछि अभिनेत्री केकी अधिकारीले गएको असोजमा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ बाट हिटको सुख प्राप्त गरिन् । फिल्म सफलताको क्रेडिट आफ्नो भागमा नपरे पनि एक दशक लामो फिल्मी करिअरमा पहिलो हिट फिल्म पाउँदा केकी कम दंग छैनन् । अहिले उनी ‘झिँगेदाउ’ नामक फिल्ममा व्यस्त छिन् । यसमा उनी फरक भूमिकामा देखिँदैछिन् ।

