Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8935 - 8940 of 24024
एजेन्सी, मुम्बई, 2019-12-11, बुधवार

अभिनेता शाहरुख खानले कयौं निर्देशकसँग काम गर्न लागेको खबर अहिले चर्चामा छ । तर, उनले अहिलेसम्म आफ्नो नयाँ फिल्मको घोषणा गरेका छैनन् । तमिल फिल्मका सुपरस्टार डाइरेक्टर एटलीसँग उनको टिमअप हुने चर्चा छ । एटलीको फिल्म ‘बिजिल’ ले ५ दिनमै बक्सअफिसमा २ सय करोड छापेको थियो । उनका अघिल्ला फिल्म पनि जबरजस्त हिट छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-11, बुधवार

विदेशी फिल्मको कथा पैंचो लिएर नेपाली फिल्म निर्माण हुने गरेको आरोप नेपाली फिल्म क्षेत्रका लागि पुरानो भैसक्यो । वर्षौदेखि आयतित कथामा नेपाली फिल्म निर्माण हुँदै आएका छन् । यसको तात्तातो उदाहरण ‘कोहलपुर एक्सप्रेस’ र ‘लभ स्टेशन’ हुन् । ‘कोहलपुर एक्सप्रेस’ साउथ इन्डियन फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी थियो । भने ‘लभ स्टेशन’ को कथा एक टर्किस फिल्मबाट उठाइएको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-11, बुधवार

मंसिर महिनालाई विवाहको खास महिना मानिन्छ । यो महिनामा धेरै सम्बन्धसँग जोडिन्छन् । आम सर्वसाधारण मात्र होइन, अविवाहित सेलिब्रेटीहरु पनि विवाहका लागि मंसिर महिना रोज्ने गर्दछन् । गएको शनिबार (मंसिर २१ गते) अभिनेत्री ऋचा शर्माले प्रेमी दिपेक्ष विक्रम राणासँग विवाह गरिन् । यसै वर्ष अभिनेत्री आँचल शर्माले पनि प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कस्दैछिन् । 

फिल्मीखबर, काठमाडौं, 2019-12-10, मंगलवार

बहुविवाह गरेको आरोपमा मुद्दा चलाइएका फिल्म निर्माता छविराज ओझा साधारण तारेखमा छुटेका छन् । जिल्ला अदालत काठमाडौले उनलाई मंगलबार तारेखमा छाडेको हो  । न्यायधीश मुकेश उपाध्यायको एकल इजालसले निर्माता ओझालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । जेठी श्रीमती हेमा ओझाले प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता ओझा मंगलबार जिल्ला अदालत काठमाडौं हाजिर भएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2019-12-10, मंगलवार

नेपाली फिल्मका जल्दाबल्दा अभिनेता अनमोल केसी अहिले अमेरिकामा छन् । ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन उनी केही हप्ता अगाडि मात्र त्यहाँ पुगेका हुन् । अमेरिकाभन्दा अगाडि उनी ‘सूर्य इन्टरनेशनल अवार्ड’ मा भाग लिन जापान पुगेका थिए । दुबै अवार्ड समारोहमा उनले अवार्ड उचाले । अवार्ड चुमेका तस्विर उनले सामाजिक सञ्जालमा पोस्ट्याएका छन् ।

एजेन्सी, मुम्बई, 2019-12-10, मंगलवार

बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको फिल्म छपाक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म एसिड अट्याक सर्वाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित भएर निर्माण भएको हो । यसमा दीपिका मालती नामकी एक साधारण युवतीको भूमिकामा देखिएकी छन्, जोमाथि केही युवकले एसिड अट्याक गर्छन् । 

Results : 8935 - 8940 of 24024
Most Visited News (monthly)