Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ डायरिज’ माथि सुशीलको आश

फिल्मीखबर, काठमाण्डौ, 2020/02/08
 
नेपाली फिल्ममा हिरोको परम्परागत मानकभित्र अटाउने अभिनेता हुन्, सुशील श्रेष्ठ । अग्लो कद, चकलेटी लुक्स र आकर्षक शरीरका कारण उनलाई डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’ ताका सम्भावना बोकेको अभिनेताको रुपमा लिइएको थियो । यो फिल्म हिट हुँदा अहिलेका चल्तीका अभिनेताद्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी थ्रेट हुनसक्ने विश्लेषण समेत गरिएको थियो ।
 
तर, दुर्भाग्य ! ‘होस्टेल रिर्टन्स’ पछि उनले हिटको सुख प्राप्त गर्न सकेका छैनन् । उनी अभिनीत पछिल्ला फिल्म ‘सायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ बक्सअफिसमा टाँट पल्टिए । यी तीन फिल्मले हलमा घुँडा टेक्दा उनको करिअरमा ग्रहण लागेको छ । ‘होस्टेल रिर्टन्स’ हिट भएपछि सुशीललाई लिएर फिल्म बनाउन हानाथाप गर्ने निर्माता निर्देशकहरु अहिले विच्किएका छन् । 
 
अब, उनको आश र भरोसा सबै आउँदो फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ डायरिज’ मा अडिएको छ । लगातार फिल्महरु असफल हुँदा धरमरको अवस्थामा रहेको उनको फिल्मी करिअरलाई टेको लगाउन यो फिल्मले बक्सअफिसमा सफलता हात पार्न एकदमै आवश्यक छ । सुशील पनि फिल्मले आफ्नो करिअरलाई एउटा उचाइ दिनेमा आशावादी छन् । 
 
फिल्ममा सुशीलले विदेशमा बसेर मोजमस्तिमा तल्लिन हुने केटाको भूमिकामा छन् । फिल्ममा उनको अपोजिटमा नव-अभिनेत्री रुविना थापा छिन् । गीतसंगीत र ट्रेलरमा यी दुईको जोडी दर्शकले रुचाएका छन् । सौरभ चौधरी निर्देशित फिल्मले त्रिकोणात्मक प्रेमकथा भन्छ । ‘लभ डायरिज’ हिट भएको खण्डमा सुशीलको कछुवाको चालमा रहेको करिअरले पक्कै गति समात्नेछ ।
Most Visited News (monthly)