Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लभ डायरीज’ लाई दर्शकको साथ

फिल्मीखबर, काठमाण्डौ, 2020/02/16
प्रणय दिवसको अवसर पारेर प्रदर्शनमा आएको त्रिकोणात्मक प्रेमकथामा निर्मित तथा सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरीज’ ले दर्शकको राम्रो साथ पाएको छ । शुक्रवार देशभर औसत व्यापार गरेको फिल्मले शनिवार सिंगल र मल्टीप्लेक्स दुवैतर्फ ६५ प्रतिशत अकुपेन्सी कायम गरेको रिपोर्ट प्राप्त छ । वितरकले शनिवार फिल्म देशैभर हाउसफुल भएको जानकारी दिएका छन् । 
 
शुक्रवार र शनिवार फिल्मका प्रमुख कलाकारहरु सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमालले राजधानीका विभिन्न हल पुगेर दर्शक प्रतिक्रिया बुझेका थिए । हलमा उनीहरूलाई दर्शकले घेरेर अटोग्राफ र सेल्फी लिनुका साथै फिल्म राम्रो लागेको प्रतिक्रिया दिएका थिए । दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले मेहेनतको फल मीठो मिलेको भन्दै अभिनेता सुशीलले खुसी व्यक्त गरे । 
 
 
शनिवार दर्शक प्रतिक्रिया बुझेपछि खुसी मुद्रामा उनले सञ्चारकर्मीसँग भने, ‘दुई वर्षसम्म फिल्मका लागि गरेको मेहेनत सफल भएको अनुभूति भएको छ । हामीले सोचेभन्दा पनि राम्रो प्रतिक्रिया दर्शकबाट पाएका छौं । दर्शकले फिल्म रुचाइदिनु नै हाम्रो सफलता हो ।’ यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी रुविना दर्शकले आफ्नो काम रुचाइदिएकोमा खुसी देखिइन् । 
 
वितरक करण श्रेष्ठले शनिवार फिल्मले सिंगल र मल्टीप्लेक्स सबैतिर दर्शकको राम्रो साथ पाएको बताए । ‘वर्ड अफ माउथ’ बलियो भएका कारण फिल्म हलमा लामो रेसको घोडा बन्ने उनको विश्वास छ । फिल्म हेरेका दर्शकले विशेषगरि अभिनेत्री रुविनाको काम रुचाएका छन् । उनको सुन्दरताको पनि धेरैले प्रशंसा गरेका छन् । फिल्मको क्लाइमेक्स राम्रो रहेको पनि दर्शक प्रतिक्रिया छ ।
 
विष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्ममा विनोद सापकोटाको मुख्य लगानी रहेको छ । ‘ट्रेलर मास्टर’ साहिल खान सह-निर्देशक रहेको फिल्म ‘लभ डायरिज’ मा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन छ । भने, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन पोखरेलले संगीत भरेका छन् । 
Most Visited News (monthly)