
गएको एक हप्तादेखि दार्जिलिङमा छायांकन भैरहेको फिल्म ‘चालबाज’ मा कलाकार भित्रने र बाहिरिने क्रम चलिरहेको छ । केही दिन अगाडि नव-अभिनेता अविनाश प्रधानले पारिवारिक कारण देखाउँदै फिल्म छाडेका थिए । उनको ठाउँमा निर्माण टिमले अभिनेता पुष्प खड्कालाई अनुबन्ध गर्यो । अविनाशपछि अभिनेत्री केकी अधिकारीले पनि फिल्म नगर्ने निर्णय लिएकी छन् ।

फिल्म निर्माता छविराज ओझाको चौथो श्रीमतीको रुपमा भित्रिएकी अभिनेत्री शिल्पा पोखरेल अहिले कुन अवस्थाबाट गुज्रिरहेकी छन्, त्यो उनीभन्दा बाहेक अरुले महशुस गर्न पनि गाह्रो छ । २०७३ साल असार २९ गते गुपचुप रुपमा निर्माता ओझासँग विवाह गरेकी उनले यस वर्षको असारमा श्रीमानविरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दिएपछि दुईको घर झगडा लुक्न सकेन ।

निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को गएको १० दिनदेखि हिमाल पारीको जिल्ला मनाङमा छायांकन भैरहेको छ । फिल्मको ४५ प्रतिशत छायांकन काठमाडौंको कीर्तिपुरमा भब्य सेट खडा गरेर खिचिएको थियो । इनडोर छायांकन पूरा भएपछि निर्माण टिम आउटडोर छायांकनका लागि मनाङ पुगेको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दुई दिनको अन्तरमा भएको असामयिक निधनबाट फिल्म क्षेत्र शोकमग्न रहेको अवस्थामा फेरि एक दुःखद खबर प्राप्त भएको छ । वरिष्ठ हास्यकलाकार आनन्द थापाको गए राती ८० वर्षको उमेरमा निधन भएको छ । उनी विगत दुई वर्षदेखि प्यारालाइसिसबाट पीडित थिए ।

नेपाली फिल्म क्षेत्रमा नम्रता श्रेष्ठ नाम गरेका दुई अभिनेत्री छन् । ठूली नम्रता श्रेष्ठ ‘नोभेम्बर रेन’ की अभिनेत्री हुन् । भने, सानी नम्रता श्रेष्ठले फिल्म ‘गाँठो’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यहाँ हामी सानी नम्रताको विषयमा कुरा गर्दैछौं । ठूली नम्रतासँग नाम मिल्दा आफ्नो पहिचान बनाउन नसकेकी नम्रताले अहिलेसम्म तीन फिल्म गरिन् । तर, तीनै फिल्म बक्सअफिसमा पछारिए ।

फिल्म निर्माता तथा वितरक सुशील पोखरेललाई मातृशोक परेको छ । निर्माता पोखरेलकी आमा भीमकुमारी पोखरेलको मंगलबार बिहान ९ बजे ७२ वर्षको उमेरमा निधन भएको हो । मंगलबार बिहान १० बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न फिल्मकर्मीहरु आर्यघाट पुगेका थिए ।

