Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नीरफूल’ गीतमा रेखा भन्दैछिन्- ‘तिमी बदनामी’

फिल्मीखबर, काठमाण्डौ, 2020/02/15
 
प्रणय दिवसको अवसर पारेर फूलमान वल निर्देशित फिल्म ‘नीरफूल’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘तिमी बदनामी...’ बोलको गीतमा कुनै एक डान्स बारमा अभिनेत्री रेखा थापाले गीत गाएको दृश्य प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको पनि परिचय बनाएकी रेखाले यो फिल्ममा बार सिंगरको भूमिका निभाएकी छन् । गीतले फिल्मको भावलाई प्रस्तुत गरेको छ ।
 
अभिनेत्री शान्ति वाइवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृश्य गीतमा समावेश गरिएको निर्देशक वलले जानकारी दिए । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर छ । निर्देशक फूलमान वलले नै गीत लेखेका हुन् । ‘नीरफूल’ आगामी ३० फागूनमा प्रदर्शन हुँदैछ । यो गीतले फिल्मको कथाको एउटा पाटो बोकेको बताइएको छ । 
 
फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वलले मिलेर लेखेका हुन् । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता दुबईकी सोनाम डोमा हुन् । निर्देशक फूलमान वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भूकम्प बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । 
 
निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगरलगायत छन् । फिल्मलाई प्रमोद कार्कीले खिचेका हुन् । अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन् । फिल्मलाई गोविन्द शाही र मनोज राठीले वितरण गर्दैछन् ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)