Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फागुन १५ मा प्रियंका-आयुष्मानको बिहे पक्का

फिल्मीखबर, काठमाण्डौ, 2020/02/15
 
गएको तीन वर्षदेखि प्रेममा रहेका नेपाली फिल्मका ‘लभ बर्डस्’ अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति टुंगो लागेको छ । गएको महिना उनीहरु फागुन १७ गते बैबाहिक जीवनमा बाँधिन लागेको खबर बाहिरिएको थियो । तर, ज्योतिषले विवाहका लागि फागुन १५ गते शुभ हुने बताएपछि अब उनीहरुले यही मितिमा लगनगाँठो कस्ने भएका छन् । 
 
शुक्रवार प्रणय दिवसको अवसर पारेर अभिनेत्री प्रियंकाले इन्स्टाग्राम स्टोरीमा एक तस्विर राख्दै आफ्नो विवाहको मिति सार्वजनिक गरिन् । तस्विरमा एक बालकले  हातमा खरीपाटी बोकेका छन् र त्यसमा लेखिएको छ, ‘सेभ द डेट २०२० फेब्रअरी २७ (नेपाली मिति २०७६ साल फागुन १५ गते) ।’ तस्विरको पृष्ठभूमिमा प्रियंका र आयुष्मान एकअर्कालाई चुम्बन गर्दै देखिएका छन् । 
 
दुई पटक इन्गेजमेन्ट गरिसकेका उनीहरु यही वर्षको असारमा विवाह गर्ने तयारीमा थिए । तर, परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह सरेको थियो । असारमा विवाह नभएपछि प्रियंकाले यस वर्ष बिहे नहुने बताउँदै आएकी थिइन् । तर, हालै आफ्ना साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड उडेपछि प्रियंकाले यही फागुनमा विवाह गर्न लागेको चर्चा चलेको थियो । 
 
 
प्रियंका र आयुष्मानको प्रेम फिल्म ‘कथा काठमाण्डू’ को सेटबाट अंकुराएको थियो । यो फिल्ममा उनीहरुले पहिलो पटक सँगै काम गरेका थिए । तर, स्क्रिन साझेदार भने गर्न पाएका थिएनन् । विवाहभन्दा अगाडि नै प्रियंका र आयुष्मानले काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनिसकेका छन् । अहिले उनीहरु घर सेटअपमा व्यस्त छन् । विवाहपछि उनीहरु छुट्टै बस्ने तयारीमा छन् ।
Most Visited News (monthly)