Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

सारा र कार्तिकको ‘लभ आज कल’ लाई लाग्यो झट्का

एजेन्सी, मुम्बई, 2020/02/17
 
अभिनेत्री सारा अली खान र अभिनेता कार्तिक आर्यनको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘लभ आज कल’ ले तेस्रो दिन अपेक्षाकृत व्यापार गर्न चुकेको छ । फिल्मले विकेन्डको अन्तिम दिन (आइतवार) आठ करोड दश लाख मात्र छापेको छ । पहिलो विकेन्डमा कमाईको मामलामा कार्तिक आर्यनको यो फिल्म ‘पति पत्नी और वो’ र ‘लुका छुपी’ भन्दा पनि पछाडि परेको छ । 
 
ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले पहिलो विकेन्डमा २८ करोड ५१ लाख छापेको छ । फिल्मले पहिलो दिन १२ करोड ४० लाखको ओपनिङ हासिल गरेको थियो । दोस्रो दिन ८ करोड १ लाख कमाएको फिल्मले दोस्रो दिन ८ करोड १० कमायो । आइतवार फिल्मको व्यापार अपेक्षाकृत नहुनुको कारण ‘वर्ड अफ माउथ’ कमजोर हुनुलाई मानिएको छ । 
 
यद्यपि, १२ करोडभन्दा धेरै कमाउँदै ‘लभ आज कल’ कार्तिकको सबैभन्दा ठूलो ओपनिङ हासिल गर्ने फिल्म बनेको छ । योभन्दा अगाडि उनको फिल्म ‘पति पत्नी और वो’ ले पहिलो दिन ९ करोड १० लाख कमाएको थियो । ‘लभ आज कल’ लाई समीक्षकबाट खराब समीक्षा मिलेको छ । राम्रो रिभ्यू नमिलेका कारण फिल्मको व्यापारमा सोमवारबाट झन् गिरावट आउने देखिन्छ ।
 
फिल्ममा सारा र कार्तिकका अलावा आरुषि शर्मा र रणदीप हुड्डाको पनि प्रमुख भूमिका छ । फिल्ममा २०२० र १९९० समयको दुई लभस्टोरी देखाइएको छ । यो फिल्म २००९ मा आएको अभिनेता सैफ अली खान र अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘लभ आज कल’ को सिक्वेल हो । यसको अघिल्लो पार्टमा पनि दुई अलग-अलग समयको प्रेम कहानी देखाइएको थियो । 
Most Visited News (monthly)