Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘आमा’ निर्मात्री र ‘छक्का पञ्जा’ टिमको स्व. भट्टराईको परिवारलाई आर्थिक सहयोग

फिल्मीखबर, काठमाडौं, 2020/02/17
 
यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्म ‘आमा’ र ‘छक्का पञ्जा’ टिमले तत्कालीन चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार स्वर्गीय केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गरेको छ । ‘आमा’ निर्मात्री शर्मिला पाण्डेले आइतवार राजधानीमा एक कार्यक्रमका बीच स्व. भट्टराईकी श्रीमतीलाई एक लाख एक हजार सहयोग हस्तान्तरण गरिन् । 
 
कलाकार केशव भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर सुनेपछि फिल्मको तर्फबाट आफूले सहयोग गरेको निर्मात्री पाण्डेले बताइन् । उनले भनिन्, ‘म पनि एउटी आमा भएकाले आमाको मर्म बुझेकी छु । हामी सबै मिलेर स्वर्गीय केशव दाईको परिवारलाई सहयोग गर्नुपर्छ ।’ सहयोग रकम बुझ्दा स्व. भट्टराईकी श्रीमती भावुक भएकी थिइन् । 
 
‘छक्का पञ्जा’ टिम अर्थात् दीपकराज गिरी समुहले पनि स्वर्गीय भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । दीपकराजले फेसबुकमा एक स्टाटस लेख्दै स्व. भट्टराईको परिवारको आर्थिक अवस्था टिठलाग्दो रहेको सुन्दर दुख लागेको बताएका छन् । उनले लेखेका छन्, ‘यो पिडालाइ सम्झेर हाम्रो तर्फबाट १ लाख ११ हजार नगद सहयोग गर्ने निर्णय गरेका छौं ।’
 

२ दशकभन्दा लामो समय नेपाली फिल्म क्षेत्रमा विताएका स्वर्गीय केशव भट्टराइको निधनपछि उनको परिवार आर्थिक समस्यामा रहेको खबर बाहिरिएसँगै अहिले फिल्मकर्मीहरुले आर्थिक सहयोग गरिरहेका छन् । स्व. भट्टराईको परिवारलाई आर्थिक सहयोग जुटाउन समिति समेत गठन भैसकेको छ । केशव भट्टराईको गएको मंसिर ३० गते हृदयघातका कारण निधन भएको हो । 
Most Visited News (monthly)