Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(11 votes, avg 5.00/5.00)
Text size:-
+
-

अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’ मुहूर्त

फिल्मीखबर, काठमाडौं, 2020/02/28
 
अहिलेका चल्तीका अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको प्रमुख भूमिका रहने फिल्म ‘ए मेरो हजुर ४’ को मुहूर्त गरिएको छ । शुक्रवार काठमाडौंको गोंगबुमा रहेको कार्यविनायक मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । फिल्मको मुहूर्त समारोहमा अनमोल र सुहानासँगै अभिनेता सलोन बस्नेत, निर्देशक झरना थापा, छायाँकार सञ्जय लामालगायत उपस्थित थिए । 
 
मुहूर्तसँगै फिल्मको छायांकन पनि सुरु भएको छ । शुक्रवार काठमाडौंमा केही दृश्य कैद गरेर निर्माण टिम आजै पोखरा प्रस्थान गर्दैछ । पोखरामा १० दिन, काठमाडौं र ललितपुरमा फिल्मको करीब ३० दिन छायांकन हुने जानकारी प्राप्त छ । यूरोप र ओमानमा गीतको छायांकन गर्ने तयारीमा निर्देशक थापा छिन् । फिल्मको निर्माण लागत डेढ करोड नाघ्ने अनुमान गरिएको छ । 
 
सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘ए मेरो हजुर ४’ अर्को वर्ष (२०७७) को दशैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ । योसँगै अर्को वर्षको दशैंको फूलपातीलाई ‘छक्का पञ्जा ४’ र महजोडीले निर्माण गर्न लागेको बेनामे फिल्मले पनि प्रदर्शन मिति तोकिसकेका छन् । यो हिसाबले अर्को वर्ष ठूला फिल्मबीच महाभिडन्त हुने देखिएको छ ।
 
‘ए मेरो हजुर ४’ ले बक्सअफिसमा सफलताको झण्डा फहराउन सफल भएको खण्डमा अभिनेत्री टर्न निर्देशक झरना थापाले निर्देशकको रुपमा ह्याट्रिक गर्नेछिन् । यसअघि उनले क्याप्टेनसिप सम्हालेको यही फिल्मको अघिल्ला दुई श्रृंखलाले सफलता प्राप्त गरेका थिए । कुनै समय सफल अभिनेत्रीको रुपमा आफूलाई उभ्याएकी उनलाई अहिले निर्देशन पनि निकै फापेको छ ।
Most Visited News (monthly)