Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8821 - 8826 of 24024
फिल्मीखबर, काठमाडौं, 2020-01-04, शनिवार

नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ ले प्रमुख विधामा आफ्नो वर्चश्व जमाएको छ । फिल्मले उत्कृष्ट फिल्म, पटकथा, अभिनेता, अभिनेत्री र निर्देशन गरि पाँच विधामा अवार्ड जितेको छ । तर, अभिनेताको अवार्ड उचाल्न विपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउत कार्यक्रममा उपस्थित थिएनन् । 

एजेन्सी, मुम्बई, 2020-01-04, शनिवार

लगातार ६ सुपरहिट फिल्म दिइसकेकी बलिउड स्टार भूमि पेडणेकर अहिले हरेक फिल्मबाट दर्शकको मन जितिरहेकी छन् । पहिलो फिल्मदेखि अहिलेसम्म उनको र आयुष्मान खुरानाको जोडीले बक्सअफिसमा कमाल गरेको छ । यसबीच, फेरि एकपटक नयाँ फिल्ममा यी दुईको जोडी बाँधिएको छ । फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ मा उनीहरु एकसाथ देखिन लागेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-04, शनिवार

नयाँ वर्ष फिल्म प्रदर्शनका लागि उपयुक्त मानिन्छ । नयाँ वर्षमा फिल्म प्रदर्शन गर्दा दर्शकको राम्रो साथ पाइने विश्वास निर्मातामा छ । त्यसैले वर्षौदेखि हरेक वर्षको अन्त्य अर्थात् नयाँ वर्षमा नेपाली फिल्मबीच ठूलो भिडन्त हुँदै आएको छ । गएको नयाँ वर्षमा ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ बीच भिडन्त भएको थियो । यस वर्षको अन्तिममा पनि आश गरिएका तीन फिल्म भिड्ने भएका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-04, शनिवार
फिल्मीखबर, काठमाण्डौ, 2020-01-03, शुक्रवार

नेपाली फिल्मका ब्रान्ड अभिनेता विराज भट्ट ४ वर्षपछि नेपाली फिल्ममा पुनरागमन गर्दैछन् । भोजपुरी फिल्ममा झण्डै ७ वर्ष एकछत्र राज गरेका उनले ४ वर्ष अगाडि रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । तर, यो फिल्म असफल भएपछि उनी फेरि लामो समय हराए । कतिपयले उनी अब नफर्किने अड्कल नकाटेका होइनन् । 

एजेन्सी, मुम्बई, 2020-01-03, शुक्रवार

अभिनेता सलमान खान आउँदो इदमा फिल्म ‘राधे’ लिएर आउँदैछन् । यो फिल्मको निर्देशन प्रभु देवाले गरिरहेका छन् । सलमान र प्रभुबीच तेस्रो पटक सहकार्य भएको हो । यसअघि ‘दबंग ३’ र ‘वान्टेड’ मा दुईबीच सहकार्य भइसकेको छ । ‘राधे’ पछि सलमानको फिल्म कुन हुनेछ भन्ने अनुमान लगाउन सुरु भएको छ । उनले ‘राधे’ पूरा भएपछि मात्र नयाँ फिल्म गर्नेछन् ।

Results : 8821 - 8826 of 24024
Most Visited News (monthly)