
नेपाली फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाहको सुरुवात प्रभावशाली थियो । अभिनेता अनमोल केसीसँग ‘ड्रिम्स’ बाट अभिनयमा डेब्यू गरे पनि फिल्म रिलिजपछि भने अनमोलको भन्दा धेरै चर्चा साम्राज्ञीको भयो । उनको सशक्त अभिनयको अगाडि अनमोल छाँयामा परे । फिल्म सफलताको क्रेडिट पनि उनले राम्रै पाइन् । यसपछि उनले फिल्म ‘ए मेरो हजुर २’ मा काम गरिन् ।

नेपालीमा एउटा उखान छ, ‘पशुपतिको जात्रा सिद्राको व्यापार ।’ केही दिनयता अभिनेता विराज भट्टको दौडधुप हेर्ने हो भने यो उखान पूर्णरूपले चरितार्थ हुन्छ । उनले निर्देशनमा डेब्यू गरेको फिल्म ‘साङ्लो’ यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ४ वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका कारण यो फिल्मको दर्शकहरुले व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।

बक्सअफिसमा अहिले अभिनेता अजय देवगनको फिल्म ‘तानाजी : द अनसंग वारियर’ ले धूम मच्चाइरहेको छ । प्रदर्शनको ६ दिनमा सय करोड कमाई गरेको फिल्मलाई दर्शकहरुले निकै रुचाएका छन् । योसँगै एकसाथ प्रदर्शनमा आएको अभिनेत्री दीपिका पादुकोणको फिल्म ‘छपाक’ भने बक्सअफिसमा नराम्रोसँग पिटिएको छ । ओपनिङ डेदेखि फिल्मको हालत खराब छ ।

कुन गीत हिट र कुन फ्लप खुट्टयाउन युट्युब गतिलो माध्यम बनेको छ । युट्युब रिलिजको छोटो समयमै लाखौं भ्यूअर्स बटुलेको खण्डमा गीतलाई हिट मानिने चलन छ । अर्थात्, भ्यूजको आधारमा गीतको असफलता र असफलता मापन गरिन्छ । केही वर्ष अगाडिसम्म युट्युबमा कुनै गीतलाई एक लाख पटक हेरियो भने हिट मानिन्थ्यो । अचेल करोड भ्यूज पनि सामान्य मानिन्छ ।

विवाह हुने निश्चित भएपछि आफ्ना घनिष्ट साथीका निम्ति सहपाठीहरूले ब्याचलर पार्टी आयोजना गर्दछन् । किनभने, बिहे भएपछि साथीभाइसँग संगत र भेटघाट पातलिनेछ । साथीहरू क्रमशः मस्तिष्कबाट विस्मृत हुँदै जानेछन् । त्यसैले युवावयमा नङ र मासुजस्तै जोडिएका उनीहरू आफ्नो सम्बन्धको एउटा अध्याय पूरा भएको संकेतस्वरूप ‘ब्याचलर पार्टी’ मनाउने गर्दछन् ।

अहिलेका चल्तीका अभिनेता पुष्प खड्काले आफ्नो जन्मथलो कैलालीमा रहेको ‘सहारा घर’ लाई व्यक्तिगत रुपमा सहयोग गरेका छन् । बर्दगोरिया माघी मेलामा सहभागी हुन जाने क्रममा उनले अनाथ र असहाय व्यक्तिहरुलाई आश्रय दिँदै आएको ‘सहारा घर’ लाई ५० हजार नगद र केही खाद्यन्न सहयोग गरेका हुन् । अनाथ र असहायलाई सहयोग गर्न पाउँदा उनी खुसी देखिए ।

