Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोस्टरमा यस्तो छ रविन्द्रको ‘गोर्खे’

फिल्मीखबर, काठमाण्डौ, 2020/03/19
 
कोरोनाको त्रासका कारण प्रदर्शनको तयारीमा रहेका फिल्मको प्रदर्शन मिति पोस्टपोन्ड भैरहेको अवस्थामा फिल्म ‘गोर्खे’ को टिमले भने पोस्टर सार्वजनिक गरेको छ । दुई पोस्टरमा अभिनेता रविन्द्र प्रताप सेनलाई विशेष प्राथमिकता दिइएको छ । एउटामा सैनिक पोशाकमा रविन्द्र हातमा बन्दुक बोकेर क्रोद्धित मुद्रामा देखिएका छन् भने अर्कोमा हातमा खुकुरी बोकेर दौडिरहेका छन् ।
 
फिल्ममा रविन्द्र गोर्खे सेनाको भूमिकामा रहेको पोस्टरले प्रस्ट्याउँछ । ‘गोर्खे’ लाई सन्तोष ढकालले निर्देशन गरेका हुन् । कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थ राम कोजु/हरि थापाको निर्माण रहेको फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । फिल्मलाई यसै वर्ष प्रदर्शनमा ल्याउने तयारी भए पनि कोरोनाका कारण अर्को वर्ष मात्र प्रदर्शन हुने भएको छ ।
 
यो फिल्मको यसअघि दुई गीत ‘सिन्की अचार’ र ‘गाम भरी हल्ला भो’ सार्वजनिक भैसकेका छन् । पोखरा, काठमाडौंलगायतका स्थानमा खिचिएको फिल्ममा हिमाल केसीको द्वन्द्व रहेको छ । फिल्मले गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा उठाएको छ । फिल्ममा रविन्द्रसँगै अर्जुन गुरुङ, अञ्जली अधिकारी, एन्जेल श्रेष्ठ, आश्मी लामा, आश्मी श्रेष्ठलगायतका कलाकारको अभिनय छ ।
 
यसअघि केही फिल्ममा अभिनय गरिसकेता पनि अभिनेता रविन्द्र प्रताप सेनको करिअरलाई कुनै फिल्मले उचाइ दिलाउन सकेनन् । डेब्यू फिल्मदेखि नै सहायक अभिनेताको रुपमा चित्त बुझाउँदै आएका उनले ‘गोर्खे’ भने आफ्नो काँधमा बोकेका छन् । यसकारण पनि यो फिल्मप्रति उनी उत्साहित र आशावादी छन् । फिल्ममा आफ्नो भूमिका शक्तिशाली रहेको उनको भनाई छ । 
Most Visited News (monthly)