Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चपली हाइट ३’ मा सुपुष्पाको बोल्ड अवतार

फिल्मीखबर, काठमाण्डौ, 2020/03/19
 
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाल सरकारले बिहीवारबाट देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेसँगै चैत र बैशाख दोस्रो सातासम्म प्रदर्शनका लागि तयारी अवस्थामा रहेका नेपाली फिल्मको रिलिज भद्रगोल भएको छ । बिहीवारबाट सम्पूर्ण सिनेमा हल बन्द भएपछि निर्माताहरु फिल्मको प्रदर्शन सार्न बाध्य भएका छन् ।
 
यही चैत २८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको निकेश खड्का निर्देशित सस्पेन्स-थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘चपली हाइट ३’ को रिलिज पनि सरेको छ । निर्माता अर्जुन कुमारले हल बन्द भए मात्र फिल्म सार्ने बताएका थिए । बुधवार सरकारले बैशाख १८ गतेसम्मलाई सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि अर्जुनले फिल्म निर्धारित मितिमा प्रदर्शन नहुने जानकारी दिए ।
 
 
उनले भने- ‘केही दिनमा पत्रकार सम्मेलनमार्फत फिल्मको रिलिज पोस्टपोन्ड भएको जानकारी गराउने छौं । सिनेमा हलहरु बन्द नभएको भए म फिल्म कुनै हालतमा प्रदर्शन गर्थेँ । अब सरकारले नै हल बन्द गर्ने निर्णय गरेपछि फिल्म सार्नुको विकल्प छैन ।’ अहिले फिल्मको ट्रेलरमा काम भैरहेको उनको भनाई छ । नयाँ प्रदर्शन मिति राखेर ट्रेलर सार्वजनिक गर्ने उनको तयारी छ ।
 
कोरोनाका कारण फिल्मको रिलिज पोस्टपोन्ड भए पनि निर्माण टिमले अभिनेत्री सुपुष्पा भट्टको केही बोल्ड तस्विरहरु सार्वजनिक गरेको छ । जसमा उनलाई विकिनी अवतारमा देख्न सकिन्छ । स्विमिङ पूलमा विकिनी अवतारमा देखिएकी सुपुष्पाले यो सिन जाडो मौसम दिएकी हुन् । पहिलो पटक बोल्ड अवतारमा प्रस्तुत हुन लागेकी सुपुष्पा यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । 
 
 
यो फिल्ममा सुपुष्पासँगै स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको फिल्ममा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । अष्ट महर्जनले फिल्मको एक्सन सिनको कोरियोग्राफी गरेका हुन् । 
Most Visited News (monthly)