
गएको तीन वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘कालोपोथी’ ले बक्सअफिसमा सफलताको झन्डा गाँड्न नसके पनि समीक्षात्मक रुपमा भने अब्बल ठहरिएको थियो । विभिन्न फेस्टिभलहरुमा उत्कृष्ट घोषित भएको फिल्ममा अभिनय गरेका दुई बाल कलाकार खड्काराज नेपाली र सुकराज रोकायाको अभिनय र निर्देशक मिन बहादुर भामको निर्देशकीय क्षमताको प्रशंसा भएको थियो ।

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको भारतका चर्चित कोरियोग्राफर रेमो डिशुजा निर्देशित फिल्म ‘स्ट्रिट डान्सर’ थ्रीडिमा नेपाली मुलका चर्चित डान्सर सुशान्त खत्रीको पनि अभिनय रहेको छ । ट्रेलर र गीतसंगीतमा स्थान नपाएका उनको फिल्ममा भने अभिनय रहेको नेपाली दर्शकलाई सम्बोधन गर्दै जारी गरिएको एक भिडियोमा भारतीय अभिनेता वरुण धवनले बताएका छन् ।


ब्लकबस्टर तेलुगु फिल्म ‘अर्जुन रेड्डी’ मा अभिनेता विजय देवरकोन्डाको साथीको भूमिका निभाएर चर्चामा आएका अभिनेता र कमेडियन राहुल रामकृष्णले सोसल मिडियामा सबैलाई चकित पार्ने खुलासा गरेका छन् । मंगलवार उनले आफ्नो ट्विटर ह्यान्डमा बाल्यकालमा आफ्नो रेप भएको भनेर लेखेका छन् । उनको यो खुलासाले अहिले तेलुगू इन्डस्ट्रीमा ठूलो तरंग ल्याएको छ ।

एलआर विवेक सापकोटाको निर्देशन रहेको फिल्म ‘कमाण्डर’ यही शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता अनुप विक्रम शाही, रोविन तामाङ, ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मालगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मबाट सगुन थापा र साधना सिलवालले अभिनयमा डेब्यू गर्दैछन् । फिल्ममा अनुप प्रहरी अधिकृतको भूमिकामा छन् ।

आउँदो फागुन २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पखाईमा रहेकी अभिनेत्री पूजा शर्माले विदेशी ब्राण्डको कपडाका लागि गरिने खर्चभन्दा निकै कम खर्चमा आफ्नै देशमा उत्पादन हुने ब्राण्ड रोज्न पाउनु गौरवको कुरा रहेको बताएकी छन् । उनले सम्पूर्ण नेपालीलाई स्वदेशी उत्पादनलार्ई पहिलो प्राथमिकता दिन पनि आग्रह गरेकी छन् ।

