Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8761 - 8766 of 23761
फिल्मीखबर, काठमाडौं, 2019-11-22, शुक्रवार

शुक्रबारबाट अभिनेता आर्यन सिग्देल अभिनीत फिल्म ‘च च हुई’ देशभर प्रदर्शनमा आएको छ । साम्तेन भुटिया निर्देशित फिल्ममा मिरुना मगर, भोलाराज सापकोटा, माओत्से गुरुङ, पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय छ । फिल्मका निर्माता अमृत घोले हुन् । जीवनको पिङमा मच्चिन खोज्दा आउने परिस्थितिलाई फिल्ममा देखाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2019-11-22, शुक्रवार

मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको टेक पौरखी राई निर्देशित फिल्म ‘माया पिरिम’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा फिल्मका प्रमुख अभिनेता कोशिश क्षेत्री र अभिनेत्री किरण चन्दको प्रेममा आउने उतारचढाव देखाइएको छ । ट्रेलरमा कमेडी र एक्सनको डोज पनि छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-22, शुक्रवार
एजेन्सी, मुम्बई, 2019-11-22, शुक्रवार

बलिउड अभिनेत्री अभिनेत्री तापसी पन्नू अभिनय सँगसँगै आफ्नो बयानका कारण पनि चर्चामा रहने गर्दछिन् । हालैमा उनी बलिउड अभिनेत्री नेहा धूपियाले सञ्चालन गर्दै आएको टिभी शो ‘नो फिल्टर नेहा’ मा अतिथीको रुपमा पुगेकी थिइन् । त्यहाँ उनले बलिउड अभिनेता अनिल कपुरका छोरा हर्षवर्धनलाई लिएर एक बयान दिएकी छन् । जसले यतिबेला बलिउड तताएको छ । 

फिल्मीखबर, काठमाडौं, 2019-11-22, शुक्रवार

लभर ब्वाइको छवि बनाएका अभिनेता आर्यन सिग्देल अहिले आफ्नो पुरानो स्टारडम फर्काउन लागिपरेका छन् । एकपछि अर्को फिल्मले बक्सअफिसमा घुँडा टेक्दा उनको करिअर सुस्ताएको छ । त्यसैले, फेरि उनी नेपाली फिल्ममा आफ्नो बलियो उपस्थिति जनाउन खोज्दैछन् । तर, उनलाई आफ्नो पुरानो साख फर्काउन फलामको चिउरा चपाउनुभन्दा कम गाह्रो भएको छैन ।

फिल्मीखबर, काठमाडौं, 2019-11-21, बिहिवार
दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘द युगदेखि युगसम्म’ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री अनु शाह अहिले फिल्मप्रेमी दर्शकमाझ विरानो अनुहारझैँ भएकी छन् । उनी अभिनीत भिडियो टिभी र युट्युबमा हप्तैपिच्छे रिलिज भए पनि फिल्म भने आउनै छाडेका छन् । एकपछि अर्को फिल्मले बक्सअफिसमा बेहोरेको असफलताका कारण उनको करिअरले गति लिन सकेको छैन । 
Results : 8761 - 8766 of 23761
Most Visited News (monthly)