
नाम नै ब्रान्ड बनिसकेको फिल्म ‘ए मेरो हजुर’ को सिरिजका मेरुदण्ड हुन्, अभिनेता सलोन बस्नेत । यो फिल्मको सिरिजले हलमा दर्शक तान्न र बाँध्न सफल हुनुमा उनको भूमिका ठूलो छ । त्यसैले पनि अभिनेत्रीबाट निर्देशन बनेकी झरना थापाले ‘ए मेरो हजुर’ सिरिजमा सलोनको विकल्पमा अरुलाई सोच्न समेत सकेकी छैनन् । अब, उनी विना यो फिल्मको सिरिज असम्भव देखिन्छ ।

विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको फिल्म ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको लिरिकल भिडियो गीतमा सुभाष भुषालको संगीत रहेको छ भने सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर छ । यो गीत ‘प्रसाद’ को ‘सारङ्गी रोयो कहाँ रोयो’ फ्लेवरमा तयार पारिएको छ । संगीतकार सुभाषले नै ‘प्रसाद’ को गीतमा संगीत भरेका थिए ।

अभिनेता आयुष्मान खुरानाले गएको दुई वर्षयता लगातार सुपरहिट फिल्मबाट बक्सअफिसमा राज गरिरहेका छन् । गएको वर्ष ‘आर्टिकल १५’, ‘ड्रीम गर्ल’ र र ‘बाला’ जस्ता ब्लकबस्टर फिल्म दिएका उनी यस वर्ष आफ्नो नयाँ फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ र ‘गुलाबो-सिताबो’ लिएर आउँदैछन् । यसबीच, अभिनेता आयुष्मानले आफ्नो फिल्मको सक्सेसको राज खोलेका छन् ।

ताजधारी मिस नेपालहरुले नेपाली फिल्ममा बलशाली उपस्थिति जनाउन सकेका छैनन् । मलिना जोशीदेखि सृष्टि श्रेष्ठसम्मले मिस नेपालको उपाधि जितेपछि नेपाली फिल्ममा प्रवेश गरे । तर, फिल्मी करिअर कसैको सुखद बन्न सकेन । यही यथार्थबीच सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । फिल्मका निर्देशक विराज भट्ट हुन् ।

फिल्म ‘होस्टेल रिर्टन्स’ बाट सुखद डेब्यू गरेका अभिनेता सुशील श्रेष्ठका पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । ‘सायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ सफलताबाट बञ्चित हुँदा सुशीलको करिअर धरमराएको छ । सालिन स्वभावका यी हिरो यस वर्षका लागि दोस्रो फिल्म लिएर आउँदैछन् । आउँदो फागुन २ गते उनी अभिनीत फिल्म ‘लभ डायरिज’ प्रदर्शन हुँदैछ ।

आउँदो फागुन २ गतेबाट प्रदर्शन हुने सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाबीचको नोकझोक, प्रेम, रोमान्स र विछोड देखाइएको छ । ट्रेलरमा अभिनेता सुशीलले बोलेका संवादहरुलाई विशेष स्थान दिइएको छ ।

