Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8773 - 8778 of 23761
फिल्मीखबर, काठमाण्डौ, 2019-11-20, बुधवार
अहिलेका जल्दाबल्दा अभिनेता हुन्, अनमोल केसी र प्रदीप खड्का । दुईलाई फिल्ममा लिन फिल्ममेकरबीच हानाथाप हुने गर्दछ । मेकरमा उनीहरुको नामले नै लगानी उठ्ने विश्वास छ । लोभलाग्दो फ्यान फलोइंग भएका यी दुई अभिनेताबीच केही समययता पारिश्रमिकको मामलामा एकअर्कालाई उछिन्ने होडबाजी चलेको छ । अहिले दुबै अभिनेताले एक फिल्मबापत ५० लाख लिने गरेको चर्चा छ । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-20, बुधवार
चकलेटी अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘च च हुई’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । कमेडी रोमान्टिक जनरामा निर्माण भएको फिल्म हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा किताबले ल्याउने उतारचढावमा केन्द्रित छ । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् । 
फिल्मीखबर, काठमाडौं, 2019-11-20, बुधवार
हरेक फिल्ममा फरक भूमिका निभाउने अभिनेता विपिन कार्कीको प्रमुख भूमिका रहेको फिल्म ‘सेल्फी किङ’ आउँदो माघ २४ गतेबाट प्रदर्शनमा आउँदैछ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको फिल्मलाई ‘प्रसाद’ फेम्ड निर्देशक दिनेश राउत र सुवास थापाले निर्माण गरेका थिए । मंगलबार यो फिल्मको निर्माण टिमले फस्टलुक पोस्टर सार्वजनिक गर्‍यो ।
फिल्मीखबर, काठमाण्डौ, 2019-11-19, मंगलवार
कुनै समय नेपाली फिल्ममा एकछत्र राज गरेका अभिनेता हुन्, भुवन केसी । लभस्टोरी फिल्ममा निकै रुचाइएका यी अभिनेताले एकसेएक उम्दा फिल्म दिएका छन् । करिअरको टर्निङ पोइन्ट साबित भएको फिल्म ‘कुसुमे रुमाल’ पछि सफलताको उत्कर्षमा पुगेका उनका निकै कम फिल्म बक्सअफिसमा असफल छन् । सबैभन्दा धेरै हिट फिल्म दिने अभिनेतामा अझै पनि उनको नाम अगाडि आउँछ । 
एजेन्सी, मुम्बई, 2019-11-19, मंगलवार
‘सुपर ३०’ र ‘बाटला हाउस’ मा जीवन्त अभिनय गरेकी अभिनेत्री मृणाल ठाकुरले अब बलिउड सुपरस्टार शाहिद कपूरको अपोजिटमा अभिनय गर्ने भएकी छन् । साउथको सुपरहिट फिल्म ‘जर्सी’ को हिन्दी रिमेकमा उनको जोडी शाहिदसँग बाँधिएको छ । गौतम तिन्नानुरीले यो फिल्मको निर्देशन गर्दैछन् । उनी ओरिजनल ‘जर्सी’ का पनि निर्देशन हुन् । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-19, मंगलवार

७ वर्षअघिको अभिनेत्री विनिता बराल स्टारर सुपरहिट फिल्म ‘चपली हाइट’ को तेस्रो सिरिजको शुभ मुहूर्त गरिएको छ । मंगलबार काठमाडौंको बुङमती र खोकना गाउँको बीचमा अवस्थित कार्य विनायक मन्दिरमा स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजा गरेर फिल्मको मुहूर्त गरिएको हो । एक महिनाको सुटिङ सेड्युल राखिएको फिल्मको मंसिर ५ गतेबाट छायांकन सुरु हुँदैछ । 

Results : 8773 - 8778 of 23761
Most Visited News (monthly)