Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8767 - 8772 of 23761
फिल्मीखबर, काठमाण्डौ, 2019-11-21, बिहिवार

गएको असोज अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि कुनै फिल्मले हलमा दर्शक तान्न सकेका छैनन् । आशा गरिएका फिल्मले समेत बक्सअफिसमा घुँडा टेकेका छन् । यो अवस्थामा भोली शुक्रबारबाट एक समयका ‘नम्बर वान’ अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले रोमान्स गरेको फिल्म ‘च च हुई’ प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक साम्तेन भुटिया हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2019-11-21, बिहिवार
हिट फिल्मको सिरिजमा काम गर्दा कलाकारलाई बक्सअफिसको दबाब कम हुन्छ । नामकै भरमा दर्शक हलसम्म ओहिरिने हुँदा कलाकारहरु ब्रान्ड बनिसकेको फिल्ममा काम गर्न पाउँदा आनन्दको सास फेर्छन् । अपबाद बाहेक नेपालमा नयाँ नाममा बनेका फिल्म खासै चलेका छैनन् । हिट फिल्मका सिरिजले नै बक्सअफिसमा बोराका बोरा पैसा छापेका छन् । तात्तातो उदाहरणको रुपमा ‘जात्रै जात्रा’ र ‘कबड्डी ३’ लाई लिन सकिन्छ । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-21, बिहिवार

अभिनेता कोशिश क्षेत्री स्टारर फिल्म ‘माया पिरिम’ यही मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । प्रेमकथामा आधारित भएर निर्माण भएको टेक पौरखी राई निर्देशित फिल्मको एक हप्ता अगाडि ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको थियो । यो गीत अहिले चर्चामा छ । लेखु सहयात्री र विन्दु परियारको स्वरमा रहेको गीतलाई दर्शकले निकै रुचाएका छन् । 

एजेन्सी, मुम्बई, 2019-11-21, बिहिवार

राजकुमार हिरानीलाई बक्सअफिसको ‘बादशाह’ भन्ने गरिन्छ । उनका हरेक फिल्मले बक्सअफिसमा सफलताको झण्डा गाडेका छन् भने कयौं रेकर्ड तोडेका छन् । उनी निर्देशित पछिल्लो रिलिज फिल्म ‘सञ्जु’ हो । केही दिनयता शाहरुख र हिरानीबीच नयाँ फिल्ममा सहकार्यको प्रयास भैरहेको चर्चा छ । तर, यस विषयमा शाहरुख र हिरानीले कुनै जानकारी दिएका छैनन् । 

फिल्मीखबर, काठमाडौं, 2019-11-20, बुधवार
अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मालाई लिएर फिल्म बनाउन मेकरबीच हानाथाप भैरहेको छ । पहिलो पटक यी दुईले फिल्म ‘रामकहानी’ मा सहकार्य गरेका थिए । यो फिल्म बक्सअफिसमा असफल भए पनि उनीहरुको जोडीलाई दर्शकले निकै रुचाए । यसपछि यी दुईको सहकार्य फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा भयो । यो फिल्म प्रदर्शनमा आउन बाँकी छ । 
फिल्मीखबर, काठमाण्डौ, 2019-11-20, बुधवार
रोमान्टिक-लभस्टोरी जनरामा निर्माण भएको भाष्कर प्रधान निर्देशित फिल्म ‘लभ यू हमेशा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘यो हावा किन चल्छ ?’ बोलको गीतमा मेलिना राई र सुधिर राईको स्वर छ । भने, भासुले शब्द सिर्जेका छन् । गीतमा संगीत पनि उनकै छ । 
Results : 8767 - 8772 of 23761
Most Visited News (monthly)