Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रेमीसँग रोमान्टिक ‘क्याप्टेन’ अभिनेत्री प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2020/03/24
 
अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंका एमभीले गएको दुई हप्ताअघि प्रेमी सफल अधिकारीसँग इन्गेजमेन्ट गरिन् । यस वर्षको भ्यालेनटाइन डेमा इन्स्टाग्राममार्फत प्रेमी चिनाएकी उनको विवाह भने अर्को वर्षको मंसिरमा हुँदैछ । विवाहभन्दा करीब ९ महिना अगाडि टिकाटालो गरेकी उनका हुनेवाला श्रीमान् इन्जिनियर हुन् ।
 
अर्को वर्ष दुलही हुन लागेकी अभिनेत्री प्रियंकाले इन्गेजमेन्टपछि आफ्नो इन्स्टाग्राममा दैनिक रुपमा प्रेमीसँगका रोमान्टिक तस्विरहरु साझेदार गरिरहेकी छन् । अन्य सेलिब्रेटीहरु सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसबाट बच्नका लागि सम्पूर्ण नेपालीलाई विशेष सावधानी अपनाउन आग्रह गरिरहँदा प्रियंकालाई भने प्रेमीसँगका तस्विर शेयर गरेरै फुर्सद मिलेको छैन । 
 
यही मार्च १० देखि २३ तारिख (सोमवार) सम्म उनले दैनिक रुपमा प्रेमी सफलको अंगालोमा बाँधिएको तस्विरहरु मात्र आफ्नो इन्स्टाग्राम एकाउन्टमा पोस्ट्याएकी छन् । सोमवार साँझ उनले प्रेमीसँगको एक तस्विर साझेदार गर्दै लेखेकी छन्, ‘हात समात्नु र विश्वास गर्नुको एक कारण ।’ अर्को एक तस्विरमा उनले प्रेमीले जीवन सुन्दर छ भन्ने प्रमाणित गरेको उल्लेख गरेकी छन् ।
 
इन्गेजमेन्टपछि पहिलो पटक प्रेमीको साथमा अभिनेत्री प्रियंका एमभी, अभिनेत्री आँचल शर्मा र उदिप श्रेष्ठको रिसेप्सन पार्टीमा सहभागी हुन पुगेकी थिइन् । त्यहाँ उनले आफू विवाहलाई लिएर उत्साहित रहेको बताएकी थिइन् । ‘क्याप्टेन’ मा अनमोलको जोडीको रुपमा काम गरे पनि यो फिल्मले उनको करिअरलाई उचाइ दिलाउन सकेन । उनको हातमा अहिले कुनै फिल्म छैन ।
Most Visited News (monthly)