Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8731 - 8736 of 24295
फिल्मीखबर, काठमाण्डौ, 2020-03-28, शनिवार

सुरुमा चीनमा देखापरेको कोरोना भाइरसको संक्रमण अहिले चीनबाहिरका मुलुकमा तीव्र गतिमा फैलिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले यस भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरिसकेको छ । हरेक दिन संक्रमितको संख्या बढ्दो क्रममा छ । नेपाल पनि यस भाइरसबाट अछुतो रहन सकेको छैन । हालसम्म चार जनामा यसको संक्रमण पुष्टि भैसकेको छ । 

फिल्मीखबर, काठमाडौं, 2020-03-27, शुक्रवार
कोरोना भाइरस ‘कोभिड १९' नियन्त्रण तथा रोकथामका निम्ति नेपाल सरकारले एक हप्ताका लागि देशभर लकडाउन गरेको छ भने आउँदो बैशाख १८ गतेसम्मलाई सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । यसबाट नेपाली फिल्म क्षेत्रलाई करोडौंको नोक्सान हुने देखिएको छ । सरकारले सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि बैंकबाट कर्जा लिएका हल सञ्चालकलाई ठूलो मार परेको छ ।
एजेन्सी, मुम्बई, 2020-03-27, शुक्रवार

चीनबाट विश्वभर डरलाग्दो रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण बलिउड इन्डस्ट्री अस्तव्यस्त भएको छ । यो हालत सामान्य हुँदासम्म इन्डस्ट्रीलाई दुई हजार करोड (भारतीय रुपैयाँ) नोक्सान हुने अनुमान गरिएको छ । यो पनि पक्का छ कि यो वर्षको इदमा सलमान खान, अक्षय कुमार र रणवीर सिंह जस्ता बलिउडका ठूला स्टारका फिल्म पनि प्रदर्शन हुने छैनन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-03-27, शुक्रवार

चीनबाट विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । नेपालमा अहिलेसम्म तीन जनामा यसको संक्रमण पुष्टि भैसकेको छ । कोरोनाको प्रकोपबाट बच्न सरकारले एक हप्ताका लागि ‘लकडाउन’ गरेको छ । यो अवधि बढ्न सक्ने सम्भावना प्रवल छ । यो समयमा अत्यावश्यक कामबाहेक घरभन्दा बाहिर निस्कन पाइँदैन । 

फिल्मीखबर, काठमाडौं, 2020-03-26, बिहिवार

मंगोलियन लुक्स, फरक हेयर स्टाइल र भिन्न शैलीको ड्रेसअपका कारण अरु अभिनेताभन्दा भिन्न मानिन्छन्, सलिनमान बनियाँ । फिल्मी करिअरको तीन वर्षमा दुईटा मात्र फिल्ममा अभिनय गरेका उनी एक वर्षयता कुनै फिल्ममा अनुबन्ध भएका छैनन् । सुपरहिट फिल्म ‘ए मेरो हजुर २’ बाट अभिनेताको रुपमा डेब्यू गरेका उनको गएको वर्ष फिल्म ‘यात्रा’ प्रदर्शनमा आएको थियो । 

फिल्मीखबर, काठमाडौं, 2020-03-26, बिहिवार

नेपाली फिल्म क्षेत्रमा सेलिब्रेटीको प्रेम चर्चा हुनु नौलो कुरा होइन । पब्लिक फिगर भएका कारण उनीहरुले प्रेम सम्बन्ध जति नै गोप्य राख्न खोजे पनि ढिलोचाँडो छताछुल्ल हुन्छ । करिअरमा असर पर्ने डरले प्रायः सेलिब्रेटीहरु प्रेम सम्बन्ध लुकाउन खोज्छन् । कति भने प्रेम स्वीकार गरेर निर्धक्क भएर जिउँछन् । फिल्म क्षेत्रमा लुकाउने र खुल्लम खुल्ला प्रेम गर्ने दुवै खाले जोडी छन् ।

Results : 8731 - 8736 of 24295