Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8719 - 8724 of 23761
फिल्मीखबर, काठमाण्डौ, 2019-12-01, आईतवार

फिल्म ‘रोज’ को ‘फूल हैन’ गीतबाट नसोचेको सफलता हात पारेका गायक प्रताप दासलाई अहिले नेपाली फिल्मको गीतमा आवाज भर्न भ्याइनभ्याइ छ । यसबीच, उनले शनिबार छायांकनको तयारीमा रहेको फिल्म ‘अन्तरे’ को टाइटल गीतमा आफ्नो स्वर दिएका छन् । ‘उड्छ आकाशमा’ बोलको गीत गाउने अवसर पाएकोमा गायक दासले निर्माण टिमप्रति आभार व्यक्त गरेका छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-01, आईतवार

गएको भदौमा प्रदर्शनमा आएको नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ ले घरेलु बजारमा खासै राम्रो प्रदर्शन गर्न सकेन । साउथका सुपरस्टार प्रभास अभिनीत फिल्म ‘साहो’ सँग जुध्दा फिल्म बक्सअफिसमा खरो रुपमा उत्रन चुक्यो । तर, दर्शकले भने फिल्म हेरेपछि उम्दा प्रतिक्रिया दिएका थिए । समीक्षकले पनि फिल्मले उठाएको विषयवस्तुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-01, आईतवार

‘नाईं नभन्नू ल ४’ बाट फिल्मी करिअर सुरु गरेकी अभिनेत्री आँचल शर्माले अहिलेसम्म दर्शकलाई चक्मा दिने खालको भूमिका निभाएकी छैनन् । पछिल्लो रिलिज फिल्म ‘दाल भात तरकारी’ सम्म आइपुग्दा अभिनयमा पनि निखारता ल्याउन नसकेकी उनी प्रायः शहरिया युवतीको भूमिकामा देखिँदै आएकी छन् । तर, फिल्म ‘झिँगेदाउ’ मा भने उनी विल्कुलै फरक भूमिकामा छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-01, आईतवार

पछिल्लो समय नेपालमा बलिउड सेलिब्रेटीको आगमन निकै बढेको छ । केही हप्ता अगाडि मात्र अभिनेता गोविन्दा नेपाल आएका थिए । उनीभन्दा अगाडि अभिनेता सुनिल शेट्टी, आमिर खान, अक्षय कुमार, अभिनेत्री करिश्मा कपूर, कमेडियन कपिल शर्मालगायतका थुप्रै बलिउड सेलिब्रेटीले नेपाल भ्रमण गरिसकेका छन् । यसबीच, अभिनेत्री डेजी शाह पनि नेपाल आएकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-30, शनिवार

फिल्म ‘क्याप्टेन’ मा अभिनेता अनमोल केसीसँग सहकार्य गरेका निर्देशक दीवाकर भट्टराई अब आफ्नै निर्माण र निर्देशनमा फिल्म ‘तिमीसँगै हुने मन छ’ बनाउँदैछन् । फिल्ममा लिड अभिनेत्री दीपिका प्रसाईं हुनेछिन् । उनी निर्देशक भट्टराईकी धर्मपत्नि समेत हुन् । पुषको दोस्रो हप्ताबाट छायांकन सुरु हुने बताइएको फिल्ममा यसअघि अभिनेतामा आर्यन सिग्देलको नाम चर्चामा थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-11-30, शनिवार

फिल्म ‘रामकहानी’ मा जोडी बाँधिएपछि अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले लगातार फिल्म गरिरहेका छन् । दुई अभिनीत नयाँ फिल्म ‘पोइ पर्‍यो काले’ गएको कात्तिकमा प्रदर्शनमा आएको थियो । अब, उनीहरु अभिनीत फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको पखाईमा छ । यसबीच, उनीहरुको चौथो पटक फिल्म ‘सम्झना बिर्सना’ मा सहकार्य भएको छ । 

Results : 8719 - 8724 of 23761
Most Visited News (monthly)