Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सेल्फ क्वारेन्टाइन’ मा केकीको सारथी फिल्म

फिल्मीखबर, काठमाण्डौ, 2020/03/25
चीनबाट डरलाग्दो रुपमा फैलिएको कोरोना भाइरसको विरुद्ध यतिबेला विश्व नै लडिरहेको छ । इटालीमा दैनिक सयौंको संख्यामा यसको संक्रमणबाट मृत्यु भैरहेको छ भने नेपालमा पनि अहिलेसम्म तीन जनामा कोरोनाको संक्रमण पुष्टि भैसकेको छ । सरकारले यसबाट बच्न मंगलबारबाट देशभर ‘लकडाउन’ गरेको छ । जसका कारण सम्पूर्ण नेपाली घरबाट बाहिर निस्कन पाएका छैनन् ।
 
वर्षभरी एक्सन-कटमा व्यस्त हुने नेपाली सेलिब्रेटीहरु पनि सरकारले ‘लकडाउन’ गरेपछि घरमै सीमित भएका छन् । यो समयमा कोही पुस्तक त कोही फिल्म हेरेर दिन काटिरहेका छन् । अभिनेत्री केकी अधिकारी गएको केही दिनदेखि ‘सेल्फ क्वारेन्टाइन’ मा बसेकी छिन् । कोरोनाको त्रासका कारण फिल्म ‘परदेशी २’ को छायांकन रोकिएपछि उनी घरबाट बाहिर निस्किएकी छैनन् । 
 
 
फिल्मको सुटिङले गर्दा उनी घरमा नबसेको महिनौं भइसकेको थियो । कोरोनाका कारण सरकारले एक हप्ताका लागि ‘लकडाउन’ गर्ने घोषणा गरेपछि उनले परिवारसँग पर्याप्त समय विताउने अवसर पाएकी छन् । यसमा उनी खुसी छिन् । ‘सेल्फ क्वारेन्टाइन’ सुरु गरेदेखि अभिनेत्री केकी अधिकारीको सारथी फिल्म बनेको छ । उनी घरमै दैनिक दुईटासम्म फिल्म हेर्छिन् ।
 
स्तरीय फिल्म समय लिएर हेर्ने बताउने उनले लामो समयदेखि व्यस्तताका कारण फिल्म हेर्न पाएकी थिइनन् । अहिले उनी आफूलाई हेर्ने इच्छा भएका फिल्म घरमै बसेर हेरिरहेकी छन् । उनी भन्छिन्, ‘म स्तरीय फिल्म समय लिएरै हेर्छु । जसले गर्दा हेर्नुअघि त्यो फिल्मबारे अध्ययन गर्ने अनि हेरिसकेपछि मन्थन गर्ने मौका मिल्छ । यो तरिका अपनाउँदा फिल्मबाट धेरै सिकिन्छ ।’
 
यसरी फिल्म हेर्दा आफूले फिल्म खेल्दा र बनाउँदा त्यो सिकाइ उपयोगी हुने उनको बुझाइ छ । उनी थप्छिन्, ‘यो बसाइमा लियोनाद्रो डिकाप्रियोको ‘द ग्रेट ग्ट्यासबाई’ र वेन अफ्लेकको ‘ही इन नट् द्याट इन्टु यु’ हेरें । ‘सी’ नामक सिरिज पनि सकाएँ । अहिले मेरो ध्यान धेरैभन्दा धेरै राम्रा फिल्म हेरौं भन्नेमा छ ।’ अहिले उनले ‘एन एक्टर प्रिपियर्स’ पुस्तक पनि पढिरहेकी छन् ।
Most Visited News (monthly)