Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भंसालीको ‘बैजू बावरा’ मा रणवीर-आलियाको जोडी

फिल्मीखबर, काठमाडौं, 2020/03/24
 
फिल्म ‘गल्ली ब्वाई’ मा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको केमेस्ट्री मन पराउने दर्शकका लागि खुसीको खबर आएको छ । भारतीय मिडिया आजतकका अनुसार, ‘गल्ली ब्वाई’ जोडी पुनः एकसाथ पर्दामा देखिँदैछ । पिरियड ड्रामा बनाउन सिपालु मानिने सञ्जय लीला भंसालीको नयाँ फिल्म ‘बैजू बावरा’ मा उनीहरुले फेरि अनस्क्रिन रोमान्स गर्न लागेका हुन् । 
 
जानकारीका अनुसार, यो फिल्म सन् १९५२ मा प्रदर्शन भएको ‘बैजू बावरा’ मा आधारित हुनेछ । वास्तविक फिल्मको निर्देशन विजय बट्टले गरेका थिए भने यसमा भारत भूषण र मीना कुमारी प्रमुख भूमिकामा थिए । भंसालीले निर्देशन गर्ने यो फिल्ममा आलिया मीना कुमारी र रणवीर भारत भूषणको भूमिकामा देखिनेछन् । यद्यपि, फिल्मको विषयमा कुनै जानकारी दिइएको छैन ।
 
‘गल्ली ब्वाई’ को कुरा गर्ने हो भने रणवीरले एक र्‍यापरको भूमिका निभाएका थिए भने आलिया उनको लभ इन्ट्रेस्टको भूमिकामा थिइन् । यो जोडीले बेस्ट एक्टर र एक्ट्रेसको अवार्ड समेत जितेको थियो । फिल्मले व्यापार पनि राम्रो गरेको थियो । त्यस्तै, यो फिल्म भारतबाट ९२औं ओस्कार अवार्डको लागि बेस्ट इन्टरनेशनल फिचर फिल्मको क्याटेगोरीमा समेत पठाइएको थियो । 
 
अभिनेता रणवीर सिंह चाँडै फिल्म ‘८३’ मा देखिँदैछन् । १० अप्रिलका लागि प्रदर्शन मिति घोषणा गरिए पनि कोरोना भाइरसका कारण फिल्मको रिलिज स्थगित गरिएको छ । यसमा रणवीर पूर्व विश्व कप विजेता कप्तान कपिल देवको भूमिकामा छन् । त्यस्तै, अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगूबाई काठियावाडी’ को दर्शकमा व्यग्र प्रतिक्षा भैरहेको छ । फिल्मका निर्देशक भंसाली हुन् ।
Most Visited News (monthly)