
फिल्म क्षेत्रका चर्चित कलाकारहरूको उपस्थितीमा सम्पन्न अवार्ड समारोहमा 'चलचित्र शिरोमनी लाइफटाइम अवार्ड'बाट बरिष्ठ फिल्मकर्मी नीर शाहलाई सम्मानित गरिएको थियो।

नेपाली फिल्मका तीन चम्किला नक्षत्र हुन्, अभिनेता त्रय राजेश हमाल, शिव श्रेष्ठ र भुवन केसी । यी तीन अभिनेताले नेपाली फिल्म क्षेत्रमा जुन योगदान पुर्याएका छन्, त्यो अविस्मरणी छ । त्यसैले त उनीहरुलाई नेपाली फिल्मको पिल्लर भन्ने गरिन्छ । नेपाली फिल्म क्षेत्रमा तीन दशक विताइसकेका यी तीन सुपरस्टारलाई नचिन्ने र उनीहरु अभिनीत फिल्म नहेर्ने सायदै नेपाली छैनन् ।

अहिले अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठले लगातार फिल्ममा काम गरिरहेका छन् । २ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरु फिल्ममा छुटिएर काम गर्न सकेका छैनन् । अभिनेता सौगातले आफूले गर्ने फिल्ममा सृष्टिलाई अभिनेत्रीमा सिफारिस गर्ने गरेको चर्चा छ । तर, यो कुरा उनी अस्वीकार गर्छन् । मेकरले नै आफूलाई एकसाथ फिल्म अफर गर्ने उनको भनाई छ ।

गएको असोज अन्तिममा प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ पछि नेपाली फिल्मको व्यापार फेरि सुस्ताएको छ । आशा गरिएका फिल्मले समेत हलमा दर्शक तान्न सकेका छैनन् । यसबीच, शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सरौतो’ ले खडेरी लागेको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको थियो । तर, यो फिल्मलाई पनि दर्शकले पत्याएका छैनन् ।

अभिनेता सलमान खान अहिले आफ्नो बहुप्रतिक्षीत फिल्म ‘दंबग ३’ को प्रचारमा व्यस्त छन् । यसमा उनीसँगै सई मन्जरेकर, सोनाक्षी सिन्हा, किच्चा सुदीपलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मको अघिल्ला दुबै श्रृंखला सुपरहिट भएका थिए । तेस्रो श्रृंखलालाई पनि रिलिज अगावै सुपरहिट भनिन थालिएको छ । चर्चित कोरियोग्राफर प्रभु देवा यसका निर्देशक हुन् ।

अभिनयमा पारंगत मानिने अभिनेत्री ऋचा शर्माले आउँदो शनिबार घरजम बसाउने भएकी छन् । राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग उनले मंसिर २१ गते लगनगाँठो कस्न लागेकी हुन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् विवाहको मिति घोषणा गरेकी हुन् । २ वर्ष लामो प्रेम सम्बन्धलाई ऋचाले विवाहमा परिणत गर्न लागेकी हुन् ।

