Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगातको कब्जामा युट्युब ट्रेन्डिङ

फिल्मीखबर, काठमाण्डौ, 2020/03/31
देश अहिले ‘लकडाउन’ मा छ । चीनबाट फैलिएको कोरोना भाइरस इटाली, अमेरिका, भारत हुँदै नेपाल समेत भित्रिसकेका कारण यसबाट बच्न सरकारले घरभित्रै बस्नु पर्ने गरि देशभर ‘लकडाउन’ गरेको हो । एक हप्ताका लागि गरिएको ‘लकडाउन’ मंगलवारबाट थप ८ दिनका लागि थपिएको छ । यो समयमा इन्टरनेटको सुविधा हुनेका लागि युट्युब दिन काट्ने साथी बनेको छ ।
 
‘लकडाउन’ का कारण घरभित्रै नजरबन्द हुनुपरेपछि धनाड्य, सेलिब्रेटीदेखि आम सर्वसाधारणसम्म युट्युबमा फिल्म वा अन्य भिडियो सामाग्री हेरेर दिन काटिरहेका छन् । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने दर्शकहरुले पनि अहिले युट्युबमा भेटिएका कुनै नेपाली फिल्म हेर्न छाडेका छैनन् । प्रायः नेपालको युट्युब ट्रेन्डिङ साउथ फिल्म वा भाइरल कन्टेन्टले कब्जा गर्ने गर्दथे ।
 
 
तर, यसपटक केही दिन ट्रेन्डिङको शिर्ष स्थानमा रहेको साउथ फिल्म ‘दिलजला आशिकी’ लाई तेस्रो नम्बरमा झारेर पहिलो नम्बरमा नेपाली फिल्म ‘पोइ पर्‍यो काले’ र दोस्रो नम्बरमा ‘पञ्चेबाजा’ उक्लिएका छन् । रोचक कुरा चाहिँ यी दुवै फिल्ममा अभिनेता सौगात मल्लको अभिनय छ । ‘पोइ पर्‍यो काले’ मा काले केटाको भूमिकामा रहेका उनी ‘पञ्चेबाजा’ मा रंगकर्मी बनेका छन् ।
 
एकै दिन युट्युबमा रिलिज भएका सौगातका यी दुई फिल्ममध्ये भ्यूजमा भने ‘पोइ पर्‍यो काले’ लाखौंले अगाडि छ । यो फिल्मलाई यो समाचार तयार पार्दासम्म ४१ लाखले हेरिसकेका छन् भने ९१ हजार लाइक्स र सात हजारभन्दा बढी कमेन्ट प्राप्त छन् । त्यस्तै, युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा विराजमान ‘पञ्चेबाजा’ लाई यो समाचार तयार पार्दासम्म १६ लाख पुगनपुग भ्यूज मिलेको छ ।
 
सम्भवतः सौगात अभिनीत दुई फिल्म एकसाथ ट्रेन्डिङमा उक्लिएको यो पहिलो पटक हो । दुवै फिल्मको कमेन्ट बक्समा उनको अभिनयको दर्शकले प्रशंसा गरेका छन् । शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ मा पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको पनि अभिनय छ भने धनश्याम लामिछाने निर्देशित ‘पञ्चेबाजा’ मा कर्मा, जश्मिन श्रेष्ठ, बुद्धि तामाङलगायतको अभिनय छ ।
 
‘पोइ पर्‍यो काले’ :-

 

‘पञ्चेबाजा’ :-

Most Visited News (monthly)