Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘लकडाउन’ ले फिल्म प्राविधिकलाई छाक टार्नै समस्या

फिल्मीखबर, काठमाण्डौ, 2020/04/01
 
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण केही नेपालीमा समेत देखिएपछि सरकारले दोस्रो पटक ८ दिनका लागि ‘लकडाउन’ को अवधि लम्ब्याएको छ । यो समयमा घरभन्दा बाहिर निस्कन नपाइने भएपछि ज्याला मजदुरी गरेर परिवार पाल्नेलाई आर्थिक संकट उत्पन्न भएको छ । मजदुरी गर्नेहरुलाई बिहान बेलुका हात मुख जोर्न नै समस्या हुन थालेको छ ।
 
कोरोनाको त्रासले एक महिनायता नेपाली फिल्मको छायांकनदेखि प्रदर्शनसम्म स्थगित हुँदा फिल्ममा ज्याला मजदुरी गर्ने प्राविधिकहरुलाई पनि आर्थिक संकट परेको छ । रोजीरोटी गुमेका कारण उनीहरुको परिवारलाई बिहान बेलुका छाक टार्न समेत समस्या हुन थालेपछि प्राविधिकहरुको हकहितका लागि गठित संस्था चलचित्र प्राविधिक संघले सहयोग जुटाउन थालेको छ ।
 
‘लकडाउन’ का कारण फिल्मका प्राविधिकलाई हात मुख जोर्नै समस्या भएपछि प्राविधिक संघले अति विपन्न करिब सय जना प्राविधिकका परिवारलाई आर्थिक वा दैनिक आवश्यक खाद्य सामग्री किनेर सहयोग गर्न फिल्मकर्मीलाई अपिल गरेको छ । संघका अध्यक्ष पुष्कर लामाले अभावले हातमुख जोड्न गाह्रो भएका प्राविधिकहरुको लागि राहत पुर्‍याउने काम संघले चाँडै गर्ने बताए ।
 
फिल्ममा ज्यालादारी गर्ने भान्सा, लाइट, स्पट, केयरटेकरसहित विभिन्न प्राविधिकहरुले चामल किन्ने पैसा नभएको भन्दै फोन गर्न थालेपछि उनीहरुको नाम संकलन गरिएको र दुई दिनमा करिब सय जनाले फोन गरेर दैनिक आवश्यक खाद्यान्न सहयोग माग गरेको अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार, संघमा आबद्ध १३ सय समस्यमध्ये ३ सयको आर्थिक अवस्था दयनिय छ ।
Most Visited News (monthly)