Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8713 - 8718 of 23761
फिल्मीखबर, काठमाण्डौ, 2019-12-02, सोमवार

सुपरहिट फिल्म ‘नाईं नभन्नू ल २’ को ‘मर्ने कसैलाई रहर हुँदैन’ जस्तो चर्चित गीतका गायक प्रेम परियार अब फिल्मको हिरो बनेका छन् । केही वर्षयता आवाजमा आएको परिवर्तनका कारण गीत गाउन कम गरेका उनले ‘पर्खी बसे फर्कि आउँछु’ नामक फिल्मबाट अभिनय करिअर सुरुवात गर्न लागेका हुन् । यो फिल्मको सोमबार दाङको तुलसीपुरमा शुभ मुहूर्त गरियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-02, सोमवार

यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘चपली हाइट ३’ मा भर्सटायल अभिनेता अर्पण थापाको प्रवेश भएको छ । उनको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो भएको छ । निकेश खड्काको निर्देशनमा निर्माण भैरहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतको प्रमुख भूमिका छ । फिल्मका निर्माता अर्जुन कुमार हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-02, सोमवार

अभिनेता कोशिश क्षेत्री र नव-अभिनेत्री किरण चन्द अभिनीत प्रेमकथामा आधारित फिल्म ‘माया पिरिम’ यही मंसिर २० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । उनले यसअघि फिल्म ‘मट्टीमाला’ को क्याप्टेनसिप सम्हालेका थिए । दोस्रो फिल्मसम्म आइपुग्दा आफूमा टेक्निकल्ली र क्वालिटीमा धेरै सुधार आएको उनको भनाई छ । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-02, सोमवार

नेपाली फिल्मका सबैभन्दा ठूला स्टारडम भएका अभिनेता हुन्, अनमोल केसी । उनलाई जति फिल्मको अफर अहिलेको समयमा सायदै अरु कसैलाई आउँछ । उनले फिल्म गर्नका लागि ‘हुन्छ’ मात्र भने निर्माताहरु ५० लाख पारिश्रमिक आँखा चिम्लिएर दिन तयार छन् । उनको टाउको पोस्टरमा राखेको भरमा फिल्मले बक्सअफिसमा सानदार व्यापार गर्ने सोचाई उनीहरुमा छ । 

एजेन्सी, मुम्बई, 2019-12-02, सोमवार

बलिउड सुपरस्टार जोन अब्राहमको मोस्ट अवेटेड फिल्म ‘पागलपन्ती’ गएको हप्ता प्रदर्शनमा आएको थियो । तर, यो फिल्मले दर्शकलाई निराश बनाएको छ । फिल्मको बक्सअफिस कलेक्सन पनि निकै निराशाजनक छ । कलेक्सन रिपोर्टले नै फिल्मले दर्शकलाई मनोरञ्जन प्रदान गर्न चुकेको प्रस्ट्याउँछ । फिल्मले ५ करोडको कमाईसँगै बक्सअफिसमा खाता खोलेको थियो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-01, आईतवार
अहिले मेकरमा गीतसंगीत राम्रो बनाए फिल्मले हलमा दर्शक तान्छ भन्ने सोचाई छ । केही फिल्मको हकमा यो नदेखिएको होइन । ‘नाईं नभन्नू ल’, ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘ए मेरो हजुर’ सिरिजको इनिसियल व्यापारमा गीतसंगीतको ठूलो योगदान छ । तर, गीत राम्रो हुँदैमा फिल्म चल्ने कदापी होइन । त्यसका लागि फिल्म आफैंमा बलियो हुनुपर्छ । गीतले युट्युबमा करोडौं भ्यूज बटुलेर पनि फिल्म बक्सअफिसमा पत्तासाफ भएका उदाहरण यहाँ अनगिन्ती छन् ।
Results : 8713 - 8718 of 23761
Most Visited News (monthly)