Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

कोरोनाविरुद्ध मिलेर लड्न प्रदीप र पलको आग्रह (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2020/04/13
देश गएको तीन हप्ताका लागि लकडाउनमा छ । यो अवधि तत्कालै हट्ने सम्भावना देखिएको छैन । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउन घोषणा गरेसँगै मानिसहरुको जनजीवनसँगै हरेक क्षेत्र प्रभावित भएका छन् । नेपालमा यो भाइरस संक्रमितको संख्या बढ्दै जान थालेपछि मानिसमा मनोवैज्ञानिक त्रास उत्पन्न हुन थालेको छ ।
 
 
यो विषम परिस्थितिमा नआत्तिन र धैर्यताका साथ कोरोनाविरुद्ध सबै मिलेर लड्न अहिलेका हटकेक अभिनेता द्वय प्रदीप खड्का र पल शाहले आग्रह गरेका छन् । बिहीवार युट्युबमा सार्वजनिक भएको सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी र प्रताप दासको स्वरमा रहेको ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा अभिनय गर्दै उनीहरुले यो अपिल गरेका हुन् ।
 
सन्देशमुलक गीतमा प्रदीप र पलसँगै ‘प्रेमगीत ३’ की अभिनेत्री क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेन पनि फिचर्ड छन् । गीतका गायक तथा गायिकाहरु पनि प्रस्तुत गीतमा एलिस कार्की र प्रमोद निर्वाणको संगीत रहेको छ भने अशोक शेरचनले शब्द सिर्जेका हुन् । रुपेश थापाको सम्पादन रहेको गीतको भिडियोलाई रुपेश थापा, विजय भण्डारी र दिपेश उपाध्यायले खिचेका हुन् । 
 
‘जोनी जेन्टलम्यान’ फेम्ड निर्देशक नितिन चन्दले निर्देशन गरेको यो गीतको भिडियोमा अभिनय गर्न प्रदीपदेखि पलसम्मले पारिश्रमिक नलिएको जानकारी प्राप्त छ । अभिनेता प्रदीप खड्काले पहिलो पटक म्यूजिक भिडियोमा अभिनय गरेका हुन् । गीतमार्फत् अझै केही समय नआत्तिन आग्रह गरिएको छ । सबै मिलेर र डटेर खटे सुनौलो बिहानी फर्किने सन्देश गीतले दिन्छ ।
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)