Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘नाइके’ निर्देशकले घोषणा गरे ‘खैला बैला’

फिल्मीखबर, काठमाण्डौ, 2020/04/14
 
विश्वका शक्तिशाली राष्ट्रलाई समेत थिलथिलो बनाएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन नेपाल गएको तीन हप्तादेखि लकडाउनमा छ । यो समयमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा सबै बन्द छन् । जसको प्रत्यक्ष असर नेपाली फिल्म क्षेत्रलाई पनि परेको छ । सिनेमा हलदेखि फिल्मको छायांकन र प्रदर्शनसम्म रोकिँदा फिल्म क्षेत्रलाई करोडौंको नोकसान भएको छ ।
 
लकडाउन हुनुभन्दा अगाडिसम्म केही फिल्म फ्लोरमा थिए भने आधा दर्जन फिल्म प्रदर्शनको तयारीमा थिए । चैत वा बैशाखमा फ्लोरमा निस्कने गरि केही फिल्मको घोषणा गरिँदै थियो । तर, कोरोनाको त्रासले देश लकडाउन भएपछि फिल्म क्षेत्रका हरेक गतिविधि ठप्प भएका छन् । यो अवस्थामा निर्माताले सामाजिक सञ्जालको माध्यमबाट पनि फिल्म घोषणा गर्न सकेका छैनन् ।
 
यसबीच, नयाँ वर्ष २०७७ सालको अवसर पारेर ‘नाइके’ फेम्ड निर्देशक नेत्र गुरुङले सामाजिक सञ्जाल फेसबुकबाट नयाँ फिल्म ‘खैला बैला’ को निर्माण घोषणा गरेका छन् । नेत्र इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । निर्देशक गुरुङ लकडाउनको समय सदुपयोग गर्दै फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिन लागिपरेका छन् । फिल्मको कथा उनी स्वयंको हो ।
 

‘खैला बैला’ मा अभिनय गर्ने कलाकारको भने अहिलेसम्म टुंगो लागेको छैन । निर्देशक नेत्र गुरुङले फिल्ममा नयाँ तथा पुराना कलाकारको समिश्रण हुने जानकारी दिए । लकडाउन हटेपछि नयाँ कलाकारका लागि अडिसन आह्वान गर्ने तयारीमा निर्माण टिम छ । कलाकार र प्राविधिकको फाइनल भएपछि फिल्मको एक कार्यक्रमका बीच निर्माण घोषणा गरिने निर्देशक गुरुङले बताए ।
Most Visited News (monthly)