Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

कोरोनाका कारण रोकियो ‘हिजो आजका कुरा’ को प्रदर्शन

फिल्मीखबर, काठमाण्डौ, 2020/04/14
विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको त्रासका कारण नेपाल तीन हप्तादेखि लकडाउनमा छ । भोली तेस्रो पटक घोषणा गरिएको लकडाउनको समय सकिँदैछ । तर, कोरोना भाइरस संक्रमितको संख्या नघटेपछि सरकार पुनः लकडाउन अवधि लम्ब्याउने तयारीमा छ । लकडाउनपछि नेपालका हरेक क्षेत्र प्रभावित भएका छन् । यसमा नेपाली फिल्म क्षेत्र पनि पर्छ ।
 
 
सरकारले बैशाख १८ गतेसम्मका लागि सिनेमा हल बन्द गर्ने निर्णय गरेपछि जेठअघिका अधिकांश फिल्मको प्रदर्शन स्थगित भएका छन् । यसबीच, फिल्म ‘हिजो आजका कुरा’ को पनि प्रदर्शन रोकिएको छ । फिल्म यही बैशाख १२ गते प्रदर्शनमा आउँदै थियो । निर्माण कम्पनी पन्त फिल्म प्रोडक्सनले सोमवार एक विज्ञप्ती जारी गर्दै फिल्मको प्रदर्शन सरेको जानकारी गराएको हो ।
 
निर्धारित मितिमै फिल्म प्रदर्शन गर्ने तयारी गरिए पनि वर्तमान प्रतिकृल परिस्थितिका कारण फिल्मको प्रदर्शन स्थगित गरिएको निर्देशक साकार पन्तले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘जनजीवन सामान्य अवस्थामा फर्किएपछि फिल्मको नयाँ प्रदर्शन मिति तय गर्नेछौं ।’ ‘माया जदौ’ गीत दर्शकले रुचाएकोमा निर्माण टिमले खुसी व्यक्त गरेको छ ।
 
करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाम सापटी लिएर फिल्म निर्माण भएको हो । कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने कथामा फिल्म निर्माण भएको बताइएको छ ।
 
 
रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष सन्त र साकार पन्तको हो । भने, सन्दीप किस्नाको पटकथा छ । ‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियासँगै रीमा विश्वकर्मा, केकी अधिकारी, ऋचा शर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्य, नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतको फिल्ममा अभिनय छ । 
Most Visited News (monthly)