Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्म निर्देशकहरुलाई राहत दिईने

फिल्मीखबर, काठमाडौं, 2020/04/21
कोरोना महामारीको कारण समस्यामा परेका नेपाली फिल्मका निर्देशकहरुले पनि राहत पाउने भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले कोरोना माहामारीले समस्यामा परेका निर्देशकहरुको पहिचान गरी राहत दिने जनाएको छ ।
 
सोमबार बसेको भर्चुअल बैठकबाट भएको निर्णयअनुसार राहत वितरण गरिने समाजद्वारा जारी विज्ञप्तीमा भनिएको छ । कोरोना संक्रमणको महामारीको अवस्थामा चलचित्र क्षेत्रको निर्देशन विधामा काम गर्ने सहायक निर्देशक, मूख्य सहायक निर्देशक वा निर्देशकज्यूहरुलाई यस महामारीको कारणबाट दैनिक खानपान र स्वास्थ्यको समस्या पर्न गएको खण्डमा यथाशिघ्र सम्पर्क गर्न आग्रह गरिएको छ । विज्ञप्तीमा निर्देशकहरुको प्रतिष्ठाको ख्याल गर्दै राहत सम्बन्धी जानकारी तथा नाम गोप्य राखिने बताईएको छ ।
 
हेर्नुहोस् विज्ञप्ती:
Most Visited News (monthly)