Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

होम क्वारेन्टाइनबाट बन्यो फिल्म ‘लकडाउन’ (फिल्म सहित)

फिल्मीखबर, काठमाडौं, 2020/04/24
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन र समुदायलाई जोगाउन अहिले नेपालमा प्रत्येक नागरिकहरु सुरक्षित रुपमा घरमा नै रहेका छन् । नेपालका कलाकारहरु पनि घरभित्रै रहेका छन् । 
 
फिल्म तथा संगीत क्षेत्र अहिले ठप्प छ तरपनि कलाकारहरुका गतिविधी भने होम क्वारेन्टाइनबाट नै चलिरहेका छन् । कसैले पीडितलाई राहत दिइरहेका छन् भने कोहिले घरमै बसेर गर्न सकिने काम गरिरहेका छन् । लकडाउनले कलाकारहरुबीच नयाँ-नयाँ कन्सेप्टको विकास पनि भइरहेको छ । त्यसको एक उदाहरण हो, आ-आफ्नै घरबाट फिल्ममा अभिनय गर्नु ।
 
 
अभिनेता सन्दीप क्षेत्रीले यहि प्रयोग गर्दै ‘लकडाउन’ नामक शर्ट फिल्म तयार पारेका छन् । सन्दीप आफैले लेखेको कथामा बरिष्ठ कलाकारहरु मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण के.सी., निर्मल शर्मा, संजय श्रेष्ठ र सन्दीप क्षेत्रीको अभिनय रहेको छ ।
 
फिल्ममा लकडाउनको बेला घर बाहिर निस्कन मन लागेको एक यूवाको कथा समेटिएको छ ।
 
हेर्नुहोस् फिल्म ‘लकडाउन’:

Most Visited News (monthly)