Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्तिका लागि आवेदन माग

फिल्मीखबर, काठमाडौं, 2020/04/28
रिक्त रहेको चलचित्र विकास बोर्ड अध्यक्ष पदको लागि आवेदन माग गरिएको छ । मंगलवार एक सुचना जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिस्पर्धात्मक प्रक्रियाबाट अध्यक्ष नियुक्तिका लागि आवेदन मागेको हो ।
 
केशव भट्टराईको निधनपछि बोर्डको अध्यक्ष पद रिक्त छ । आवेदन दिँदा बोर्डको वर्तमान अवस्था, सवल तथा कमजोर पक्ष र भावी रणनीतिहरु बुँदागत रुपमा पेश गर्न भनिएको छ । उम्मेदवारको व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा मूल्यांकन गरिने सुचनामा जनाईएको छ ।
 
राजनीतिक नियुक्ती हुने बोर्ड अध्यक्षको लागि केहि बर्ष अघिदेखी भने आवेदन माग गरि खुल्ला प्रतिष्पर्धा भन्ने गरिएको छ । आवेदन एउटा प्रक्रिया मात्र भएको तर नियुक्ती भने घुमाई फिराई राजनीतिक नै हुने गरेको चलचित्रकर्मीहरु बताउँछन् ।
 
अध्यक्षको दौडमा सुचना आउनु अगाडी देखी नै चलचित्रकर्मीहरु सहभागी थिए ।
 
Most Visited News (monthly)