Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

विकास बोर्डको अध्यक्षमा दश जनाको प्रतिष्पर्धा

फिल्मीखबर, काठमाडौं, 2020/05/13
चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागी दश जनाको प्रतिष्पर्धा हुने भएको छ । आवेदन दिनेहरुमा निर्देशक तथा विकास बोर्डका सदस्य दयाराम दाहाल, अभिनेता भुवन के, सी., निर्माता तथा संगीतकार अर्जुन कुमार डंगोल, साँस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा, कलाकार भगवती कुमारी मैनाली उप्रेती (भीमा), ध्यान बहादुर राई, परशुराम चौधरी, कलाकार तथा हल संचालक सोहित मानन्धर, निर्देशक राजेन्द्र कुमार उप्रेती र निर्देशक दिपक श्रेष्ठ रहेका छन् ।
 
 
प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरि नेपाली चलचित्र विकास, संरक्षण तथा प्रबर्धनमा निरन्तर रुपमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले पनि आवेदन दिन सक्ने मापदण्ड तोकिएको छ । बोर्डमा अध्यक्ष पदको लागी राजनीतिक नियुक्ती हुने भएता पनि केहि बर्षयता केहि मापदण्ड तोकेर आवेदन माग गर्न थालिएको हो । 
 
आवेदन खुल्ला गर्दा अध्यक्ष छनौट गर्दा ब्याबसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा गरिने भनिएको छ ।
Most Visited News (monthly)