Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आज २१औँ चलचित्र पत्रकारिता दिवस मनाईदै

, , 2020/05/20
चलचित्र पत्रकारहरुले आज २१औँ चलचित्र पत्रकारिता दिवस मनाईरहेका छन् । व्यावसायिक चलचित्र पत्रकारले सङ्गठित हुनुपर्ने आवश्यकता महसुस गरेपछि २०५६ सालमा पेशागत सङ्गठनको रूपमा नेपालभरका चलचित्र पत्रकारहरूको छाता सङगठन ‘चलचित्र पत्रकार संघ'को स्थापना भएको थियो । 
 
दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले पहिलोपटक डिजिटल माध्यमबाट स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । कोरोना भाइरसले संसारभर महामारीको रुप लिएपछि धेरै देशहरु लकडाउनमा छन् । नेपाल पनि कोरोना कहरबीच लकडाउनमा छ । बाहिर निस्कनु निकै जोखिमपूर्ण छ । त्यसकारण पनि पत्रकारहरु समेत अत्यावश्यक सेवा बाहेक अरु समय आ-आफ्नो घरबाटै काम गरिरहेका छन् । लकडाउनका बीच पनि डिजिटल माध्यमको प्रयोग गर्दै आ-आफ्नो घरबाटै सम्पूर्ण सदस्यहरुसँग शूभकामना आदान-प्रदान गरि स्थापना दिवस तथा बार्षिकोत्सव कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष दिनेश सिटौलाले बताए ।
 
 
स्थापना दिवसको अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम कोरोना माहामारीको कारण हाललाई स्थगित गरिएको महासचिव समीर बलामीले बताए । ‘हामीले हाललाई सम्मान र पुरस्कार स्थगित गरेका छौँ, छिट्टै अर्को निर्णय गरिनेछ’ बलामीले बताए ।
 
चलचित्र पत्रकार संघ नेपाम २१ औँ वर्षमा आइपुग्दा एक सय ३४ जना चलचित्र पत्रकार केन्द्रमा सदस्य छन् भने संघले विभिन्न शाखासमेत विस्तार गरिसकेको छ ।
Most Visited News (monthly)