कोरोना भाईरसले संसारभर महामारीको रुप लिएको बेला त्यसबाट नेपाल पनि चोखो रहन सकेको छैन जसका कारण सरकारले ५२ दिनदेखी देश नै लकडाउन गरेको छ । बिशेस काम बाहेक अन्यलाई बाहिर ननिस्कन सरकारले बारम्बार भनिरहेको छ ।
यहि बीचमा एउटा भिडियो सार्वजनिक भएको छ जसमा चर्चित पत्रकार रबि लामिछाने सहित उनकी पत्नी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष तथा टिभी फिल्मीकी अध्यक्ष निकिता पौडेल, अभिनेता दीपक राज गिरी, अभिनेत्री तथा निर्देशक दीपा श्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी लगायतले कुनै घरमा जम्मा भएर मस्ती गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिभिन्न परिकारहरु बनाई खाँदै गरेको र सामुहिक भोजन गरिरहेको देख्न सकिन्छ ।
(1).jpg)
‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोला हालेर खाउँ तर बाहिर नजाउँ, बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोप संग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपि थपि खानुहोला’ आफ्नो टेलिभिजन कार्यक्रम मार्फत यस्तो उपदेश दिने गरेका लामिछानेले आफैले लकडाउन पालना गरेको देखिएनन् भने चर्चित कलाकारहरुले पनि आफ्नो भनाई र गराई ठिक उल्टो गरेको पाईएको छ ।
भिडियो हेर्नुहोस्:

