Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

गाईलाई भोजन गराउँदै सुहानाले मनाईन २२औँ जन्मदिन

फिल्मीखबर, काठमाडौं, 2020/05/08
यूवास्टार नायक अनमोल केसीसँग अनस्कृन जोडी बाँधेर पहिलो चलचित्रबाट नै चर्चामा आएकी नायिका सुहाना थापाले शुक्रवार आफ्नो २२औँ जन्मदिन मनाएकी छिन् । कोरोना त्रासको बीच उनले हिन्दुहरूको पुज्य पशु गाईलाई खाना खुवाएर मनाएकी हुन् ।
 
 
काठमाण्डौको बुढनिलकण्ठमा रहेको राधाकृष्ण मन्दिर परिसरमा रहेको इस्कन नेपालमा रहेका ७५ वटा गाईलाई सुहानाले केरा तथा अन्य खानेकुरा खुवाएकी थिईन् । त्यहाँ रहेका ७५ वटै गाईहरु मन्दिरमा पुजा गरिएका हुन् । ‘मन्दिरमा पुजा गरी मन्दिरकै माताहरुले बनाउनु भएको केक काटेर सुहानाको जन्मदिन मनाइयो’, सुहानाकी आमा निर्देशक तथा अभिनेत्री झरना थापाले बताइन् ।
 
 
सुहाना आफ्नो पहिलो फिल्म ‘ए मेरो हजुर ३’ बाट नै चर्चित बनेकी हुन् । उनले यहि एउटा मात्र फिल्ममा अभिनय गरेको भएता पनि उनि दर्शकमाझ परिचित छन् । उनकी आमा झरना थापा चर्चित नायिका तथा निर्देशक हुन् भने उनका पिता सुनिल कुमार थापा फिल्म निर्माता हुन् ।
 
सुहानाको पहिलो फिल्म आफ्नै ब्यानर सुहाना इन्टरटेन्टमेन्टबाट बनेको हो भने निर्देशक आमा झरना थापा हुन् ।
Most Visited News (monthly)