Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8641 - 8646 of 23762
फिल्मीखबर, काठमाण्डौ, 2019-12-17, मंगलवार

नेपाली फिल्म क्षेत्रमा नम्रता श्रेष्ठ नाम गरेका दुई अभिनेत्री छन् । ठूली नम्रता श्रेष्ठ ‘नोभेम्बर रेन’ की अभिनेत्री हुन् । भने, सानी नम्रता श्रेष्ठले फिल्म ‘गाँठो’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । यहाँ हामी सानी नम्रताको विषयमा कुरा गर्दैछौं । ठूली नम्रतासँग नाम मिल्दा आफ्नो पहिचान बनाउन नसकेकी नम्रताले अहिलेसम्म तीन फिल्म गरिन् । तर, तीनै फिल्म बक्सअफिसमा पछारिए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-17, मंगलवार

फिल्म निर्माता तथा वितरक सुशील पोखरेललाई मातृशोक परेको छ । निर्माता पोखरेलकी आमा भीमकुमारी पोखरेलको मंगलबार बिहान ९ बजे ७२ वर्षको उमेरमा निधन भएको हो । मंगलबार बिहान १० बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिनका लागि विभिन्न फिल्मकर्मीहरु आर्यघाट पुगेका थिए । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-17, मंगलवार

दर्शकको नाडी छामेर फिल्म बनाउने निर्देशककोे रुपमा चिनिन्छन्, सुदर्शन थापा । ‘मेरो एउटा साथी छ’ र ‘प्रेमगीत’ यसका उदाहरण हुन् । वर्षमा एक वा दुईभन्दा बढी फिल्म नगर्ने उनले पछिल्लो पटक फिल्म ‘रामकहानी’ निर्देशन गरेका थिए । यसपछि उनले दुई फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘म यस्तो गीत गाउँछु २’ निर्देशन गरे । दुबै फिल्म प्रदर्शनका लागि तयार छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-17, मंगलवार

अभिनेता यशराज गरच फिल्मप्रेमी दर्शकमाझ परिचित अनुहार होइनन् । केही फिल्ममा अभिनय गरे पनि उनी आफूलाई अभिनेताको रुपमा स्थापित गर्न असफल छन् । म्यूजिक भिडियोबाट करिअर सुरु गरेका उनले फिल्म ‘स्वर’ मा सहायक भूमिका निभाएर अभिनयमा डेब्यू गरेका थिए । तर, उनको डेब्यू फिल्म नै बक्सअफिसमा पछारियो । न त उनको अभिनय नै रुचाइयो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-17, मंगलवार
फिल्मीखबर, काठमाडौं, 2019-12-16, सोमवार

नेपाली फिल्मका कलाकारद्वय केशव भट्टराई र दीपक क्षेत्रीको एकसाथ राष्ट्रिय सम्मानका साथ सोमबार अन्त्येष्टि गरिएको छ । नेपाल प्रहरीको एक टुकडीले दुबैलाई राष्ट्रिय सम्मान दिएको थियो । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईलाई १५ वर्षीय छोरा मिस्क भट्टराईले दागबत्ती दिएका थिए । भने, कलाकार क्षेत्रीलाई पनि छोरा रिनेश बस्नेतले दागबत्ति दिएका थिए । 

Results : 8641 - 8646 of 23762
Most Visited News (monthly)