Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कमब्याक गर्दै ‘आशिकी’ हिरो राहुल

एजेन्सी, मुम्बई, 2020/05/29
 
सन् १९९० मा आएको सुपरहिट फिल्म ‘आशिकी’ बाट अभिनेता राहुल रोय रातारात स्टार बनेका थिए । यो फिल्मको समयमा उनी मात्र २२ वर्षका थिए । ‘आशिकी’ को सफलतापछि उनले ‘प्यार का साया’, ‘बारिश’, ‘जुनून’, ‘गजब तमाशा’, ‘दिलवाले कभी ना हारे’ जस्ता दर्जन बढी फिल्ममा आफ्नो अभिनय कौशल प्रस्तुत गरे । तर, कुनै पनि फिल्मले ‘आशिकी’ जस्तो सफलता हासिल गर्न सकेनन् । 
 
एकपछि अर्को फिल्म असफल भएपछि काँचको पर्दाबाट टाढा भएका राहुल अब वर्षौपछि फिल्ममा कमब्याक गर्दैछन् । उनले अभिनयमा कमब्याक गर्न लागेको फिल्म हो, ‘आगरा’ । यो फिल्मलाई कनु बहलले निर्देशन गर्दैछन् । यो फिल्मबाट शशांक सनी अरोडाले पनि आफ्नो करिअरको सुरुवात गर्दैछन् । फिल्ममा रणवीर शौरीको पनि प्रमुख भूमिका रहनेछ ।
 
अभिनेता राहुल रोयले ‘बिग बोस सिजन १’ मा पनि भाग लिएका थिए । यो शोको दौरान उनी बढिजसो चुपचाप रहन्थे र अन्तिममा बिग बोसको विजेता बन्न सफल भए । हाल एक प्रोडक्सन हाउस चलाएर बसेका उनका लागि फिल्म ‘आगरा’ करिअरको टर्निङ पोइन्ट हुनसक्ने अनुमान गरिएको छ । फिल्ममा प्रियंका बोस, मोहित अग्रवाललगायतका कलाकारको पनि अभिनय रहनेछ ।